राप्तीमा मिसन ग्रासरुटलाई सफल बनाउन प्रेस चौतारी क्रियाशील हुने



भालुवाङ १२ चैत । दाङको राप्ती गाउँपालिकामा मिसन ग्रास रुटलाई सफल बनाउन प्रेस चौतारी राप्ती गाउँपालिका कमिटि क्रियाशील भएर लाग्ने निर्णय गरेको छ ।

नेकपा एमालेले देशैभर सञ्चालन गरेको मिसन ग्रास रुटलाई सफल बनाउन चौतारीले पार्टी कार्यालय मसुरीयामा छलफल कार्यक्रमको समेत आयोजना गरेको थियो । छलफलले ९ वटै वडामा जिम्मेवारी तोकेका साथीहरुलाई क्रियाशील भएर खट्न र रिपोटिङ गर्न निर्देशन समेत दिइएको छ ।

चौतारीका राप्ती गाउँपालिका अध्यक्ष हुमा सुनारको अध्यक्षता एवम् नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य जगतप्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले राप्ती गाउँपालिका कमिटि उपाध्यक्ष कमलापती चौधरी, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्यहरु सन्तोषकुमार गुप्ता, विदुर एमसी लगायतका वक्ताहरुले प्रशिक्षात्मक तथा निर्देशनात्मक भनाई राखेका थिए । चौतारी दाङका महिला विभाग उपाध्यक्ष लक्ष्मी पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन चौतारीका लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे