LISTEN LIVE RADIO

राप्ती गाउँपालिकामा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु



भालुवाङ २५ फागुन । दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीया नयाँबस्तीमा बिहीबार देखि पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ ।राप्ती गाउँपालिकाको आयोजनामा प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता एवम् लुम्बिनी प्रदेश सभाका निवर्तमान प्रदेश सभा सदस्य दामा शर्माको प्रमुख आतिथ्यता र संविधान सभा सदस्य सुशीला चौधरीको विशिष्ट आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको हो । प्रतियोगिताको उद्घाटन गर्दै शर्माले खेलले शारीरिक र मानसिक रुपमा तन्दुरुस्त मात्र नभई अनुशासित पनि गराउने भएकाले खेल क्षेत्रको महत्त्व बढी रहेको बताइन् । त्यस्तै उनले देशका तीन वटै तहका सरकारहरुले खेल र खेडीहरुलाई खेलकुदको माध्यम बाट प्रोत्सान गर्नुपर्ने कुरामा जोड दिइन् । साथै उनले खेलाडीहरुलाई अनुशासित र सभ्य भएर खेल प्रदर्शन गर्न समेत आग्रह गरिन् ।

पुरुषहरुको खेल वडा नम्बर ३ को सिरीचौर खेल मैदानमा भई रहेको छ । भने महिलाहरुको खेल वडा नम्बर २ लालमटियाको टुडिखेल मैदानमा सञ्चालन भई रहेको छ । पालिकाका सबै वडाका महिला र पुरुष गरि १८ ओटा टिमले भाग लिएको खेल २७ गते सम्म सञ्चालन हुने वडा नम्बर ३ का वडा अध्यक्ष तथा खेल संयोजक उमेश अधिकारीले जानकारी दिएका छन् । यसै बिच जनप्रतिनिधि र कर्मचारीहरु बीच भएको पहिलो उद्घाटन खेलमा पुरुष कर्मचारीहरुको टिम विरुद्ध १–० गोल गर्दै जनप्रतिनिधिहरुको टिम बिजयी भएका छन् । भने महिला जनप्रतिनिधिरुको टिम विरुद्ध ३–० गोल गर्दै कर्मचारीहरुको टिम बिजयी भएका छन् । जसमा पुरुष तर्फ भएको खेलमा वडा नम्बर २ का वडा अध्यक्ष तथा प्रवक्ता पहलवान चौधरीले १ गोल हानेका थिए ।

त्यस्तै महिला कर्मचारीको तर्फ सिता पौडेलले ३ गोल हानेकी थिइन् । खेलको पहिलो दिन पुरुष तर्फ वडा नम्बर १ र ६, ३ र ७, ८ र ४ को खेल भएका छन् भने महिला तर्फ वडा नम्बर ३ र ६, २ र ७, ४ र १ को बिच खेल सम्पन्न भएको छ । जस अन्तर्गत पुरुष तर्फ वडा नम्बर ६ लाई २–० गोलले हराउँदै वडा नम्बर १ सेमिफाइनलमा प्रवेश गरेको छ । भने वडा नम्बर ७ लाई १–० ले हराउँदै वडा नम्बर ३ सेमिफाइनलमा प्रवेश गरेको छ । त्यस्तै वडा नम्बर ८ लाई ३–० गोलले हराउदै वडा नम्बर ४ सेमिफाइनलमा प्रवेश गरेको छ । महिला तर्फ वडा नम्बर ३ लाई १–० ले हराउँदै वडा नम्बर ६ सेमिफाइनलमा पुगेको छ । भने वडा नम्बर ७ लाई पेनाल्टी गोल मार्फत १–० ले हराउँदै वडा नम्बर २ सेमिफाइनलमा पुगेको छ । वडा नम्बर ४ र १ बिच भएको खेलमा वडा नम्बर ४ लाई २–० गोलले हराउँदै वडा नम्बर १ सेमिफाइनलमा पुगेको छ ।

त्यस्तै वडा नम्बर ५ र ८ बिच भएको खेलमा वडा नम्बर ८ लाई १–० गोलले हराउँदै वडा नम्बर ५ सेमिफाइनलमा प्रवेश गरेको छ । भोली बिहान ८ बजे देखि पुरुष तर्फ वडा नम्बर ५ र २ खेल हुन भएको छ । भने अन्य सेमिफाइनलका खेलहरु पनि सञ्चालन हुने वडा नम्बर २ का वडा अध्यक्ष तथा खेल सञ्चालन समितिका सदस्य पहलवान चौधरीले जानकारी दिएका छन् । खेलमा विजेता र उपविजेता हुने खेलाडीहरुलाई क्रमश ४० हजार र ३० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी, उत्कृष्ट किपर, सबै भन्दा धेरै गोल गर्ने खेलाडीहरू लाई समेत पुरस्कृत तथा सम्मान गरिने शिक्षा ,युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिएका छन् ।खेल अवधिभर रेफ्रिको भुमिकामा दाङ जिल्ला फुटबल रेफ्रि संघका अध्यक्ष शिवहरी शर्मा, देव नारायण दाहाल, खुमबहादुर ओली,सरद भण्डारी रहेका छन् । खेलकुद सञ्चालन हुन पुर्व विभिन्न वडाहरुले विभिन्न समुदायका झाकी समेत प्रस्तुत गरिएका थिए । सो अवसरमा लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी अधिकृत छविराज पोख्रेल, राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली, ईलाका प्रहरी कार्यलय भालुबाङ्गका प्रमुख सुजन शाह, जग्गा एकीकरण विकास आयोजनाका अध्यक्ष श्यामेस चौधरी, पालिकाका ९ ओटै वडाका वडा अध्यक्षहरु, नेपाली काङ्ग्रेस राप्ती गाउँपालिकाका सभापति विद्याशरण चौधरी, नेकपा एमालेका सचिव भरतमणी न्यौपाने, नेकपा माओवादी केन्द्रका सह सचिव बसन्त नेपाली, एकिकृत समाजवादीका गाउँ कमिटी अध्यक्ष शिशिर पुन, राष्ट्रिय जनमोर्चाका अध्यक्ष ठाकुर प्रसाद आचार्य, राष्ट्रिय प्रजातान्त्र पार्टीका अध्यक्ष टेकबहादुर गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष दोर्ण जिसी, नेपाल कम्युनिस्ट पार्टीका भिमप्रकाश पुन, खानेपानी महासंघका लुम्बिनी प्रदेशका उपाध्यक्ष हस्त बहादुर गुरुङ, भालुवाङ्ग होटल व्यावसायि संघका अध्यक्ष महेश बेल्बासे, राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारी, कार्यपालिका सदस्यहरू, संचारकर्मीहरु ,समाजसेवी जगत थापा, तुला गिरी, खेलप्रेमीहरु लगायतको सहभागीता रहेको थियो ।

गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा खेल संयोजक उमेश अधिकारीले सहभागीहरुलाई खेलकुद प्रतियोगिताको बारेमा जानकारी गराएका थिए भने कार्यक्रमको सञ्चालन शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा प्रमुख विश्वास विकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे