LISTEN LIVE RADIO

चट्याङबाट क्षती पुगेको घरमा निरिक्षण, तत्काल क्षतिपुर्ती उपलब्ध गराइने



भालुवाङ २५ फागुन । राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापती चौधरी र प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले चट्याङ परेर क्षति पुगेको एक घरको बिहीबार अवलोकन गरेका छन् ।

बुधबार बेलुकी पानी सँगै परेको चट्याङले पालिकाको वडा नम्बर ३ नयाँबस्ती मसुरीया निवासी मनकुमारी बिकको घरमा क्षति पु¥यएको थियो । चट्याङले बिकको घरको जस्तापाताको छानामा क्षती पु¥याएको छ भने मानवीय क्षती भने भएको थिएन । क्षति पुगेको घरको अवलोकन पश्चात् अध्यक्ष विष्टले पिडित विकको घर परिवारलाई तत्काल क्षतिपूर्ति प्रदान गरिने बताउनु भएको छ । सो अवसरमा पालिकाको विपत व्यवस्थापन शाखाका प्रमुख सुवास भट्टराई, रोजगार संयोजक मुमाराम भुसाल, पत्रकार महेश चन्द्र रिजाल लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे