LISTEN LIVE RADIO

आशा लघुवित्त वित्तीय संस्थाद्वारा समुहका सदस्यहरूलाई वित्तीय साक्षरता तालिम



सिसहनियाँ १८ माघ । आशा लघुवित्त वित्तीय संस्था राप्ती गाउँपालिका ५ सिसहनियाँले समुहमा आवद्व महिला सदस्यहरूलाई वित्तीय साक्षरता तालिम दिन सुरू गरेको छ ।

संस्थाले बुधबार सिसहनियाँ स्वास्थ्य चाैकीमा एक कार्यक्रमको आयोजना गरि तालिम दिन लागेको हो । केन्द्र नम्बर ३२ का केन्द्र प्रमुख विनिता चाैधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चाैधरीको प्रमुख आतिथ्यतामा भएको तालिम उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष चाैधरीले बचत गरे अनुसार ऋण लिन महिला सदस्यहरूलाई सुझाव दिएका छन् । बचत कम र ऋण धेरै निकाल्दा पारिवारिक समस्या उत्पन्न हुने हुँदा त्यस तर्फ ध्यान दिन महिला दिदीबहिनीहरूलाई आग्रह गरेका छन् ।

सो अवसरमा महिला समाजसेवी शिवा शर्मा लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम अनुगमन अधिकृत भेषबहादुर विश्वकर्माले विषयवस्तु बारे जानकारी गराएका थिए । भने स्वागत शाखा प्रबन्धक सियाराम चाैधरीले गरेका थिए । कार्यक्रमको सञ्चालन जुनियर कर्मचारी रामलाल चाैधरीले गरेका थिए ।

संस्थाले समुहमा आवद्व महिला दिदीबहिनीहरूलाई वित्तीय कारोबारबारे चेतना जगाउने, लघुवित्तको इतिहास, विकास क्रम र यसको हालको अबस्था, बचत भनेको के हो, बचत किन गर्ने, कसरी गर्ने, ऋण प्रवाह, लगानी प्रयोग लगायतका बिषयमा जानकारी गराएको थियो ।

विभिन्न समुहमा आवद्व ७५ जना महिलाहरू सहभागीता रहेको तालिमको प्रशिक्षकमा संस्थाका नायक प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद अधिकारी, असुली विभाग प्रमुख रविन खतिवडा, जुनियर कर्मचारीहरू लाैटन चाैधरी, शिवाकुमारी थारू र रितिका चाैधरी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे