LISTEN LIVE RADIO

सिसहनियाँ बजारको नाम आफू खुसी परिवर्तन गरियो, स्थानीय सरकार बेखवर



सिसहनियाँ १८ माघ । दाङ देउखुरी स्थित सिसहनियाँ बजारको नाम आफू खुसी परिवर्तन गरिएको पाइएको छ ।

लमही- भालुवाङ सडक खण्डको मध्य भागमा पर्ने सिसहनियाँ बजार अहिले पनि सिसहनियाँ बजारकै नामबाट परिचित छ । तर राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्षलाई समेत थाहा नदिई वडा कार्यालयको अनुमति बिनै राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी निवासी लालबहादुर चाैधरीले आफू खुसी बजारको पश्चिम क्षेत्रमा गाडिएको साइनबोर्डमा कालापानी नाम लेखाएका छन् ।

बजारको पुर्व क्षेत्रमा भने सिसहनियाँ बजार लेखिएको छ । कुनै व्यक्ति विशेषलाई आफू खुसी साइनबोर्डमा लेखिएको नाम मेटाउने अधिकार छैन । तर सिसहनियाँको नाम एउटा व्यक्तिले मेटेर नाम परिवर्तन गराउनु र स्थानीय सरकार बेखवर बन्नु दुखको कुरा भएको स्थानीय बजारबासीको भनाई छ ।

सिसहनियाँको नाम किन परिवर्तन गर्नु भयो भन्ने पत्रकारको जिज्ञासामा लालबहादुर चाैधरी भन्छन् । मेरै गाउँका स्थानीयले बजार क्षेत्र कालापानी भएकोले कालापानी नाम राख्नु पर्छ भन्ने सल्लाह दिएकाले मैले मेरो लगानीमा नाम परिवर्तन गरेको उनको भनाई छ ।

यस विषयमा राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चाैधरीलाई बुझ्दा वडा अध्यक्ष चाैधरीले सिसहनियाँको नाम परिवर्तन गरेको बारे आफुलाई थाहा नभएको प्रतिक्रिया दिए । साइनबोर्डमा नाम परिवर्तन गरिएकोमा सिसहनियाँ बजारबासीलाई भने पटकै चित्त बुझेको छैन् । त्यसैले कुनै गाउँ, टोल वा बजारको नाम परिवर्तन गर्ने विषयमा स्थानीय सरकार जिम्मेवार हुनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे