देउखुरीकाे काेइलाबासमा हावाबाट विधुत उत्पादनको परीक्षण सफल



देउखुरीकाे काेइलाबासमा हावाबाट विधुत उत्पादनको परीक्षण सफल

दिपक वली, कोइलाबास १० मंसिर । 

देउखुरीकाे कोइलाबास नाकामा हावाबाट बिजुली उत्पादनको परीक्षण सफल  भएको छ । लामो समय देखि बिद्युतको पहुँचबाट बञ्चित कोइलाबासमा बिद्युतको सहज ब्यबस्थापनको लागि पहिलो चरणमा गरिएको परीक्षण सफल भएको हो ।

बिद्युत उत्पादनका लागि २०० फिट अग्लो टावर निर्माण गरे पश्चात ट्रान्समिटर जडान गरेर परीक्षण प्रकृया सम्पन्न भएको थियाे । हावाबाट बिजुली उत्पादन गर्ने काम पहिलो चरणमा सफल भएको जानकारी सहितको पत्र गढवा गाँउपालिकामा आएको गढवा गाँउपालिका वडा नं ८ का वडाध्यक्ष सद्धाम सिद्धिकिले बताए ।

कोइलाबास क्षेत्रका नागरिकलाई लक्षित गरी २४ सै घन्टा बिद्युत आपुर्तिका लागि बिद्युत उत्पादनका लागि हावाबाट बिद्युत उत्पादनको लागि काम सुरु गरिएको अध्यक्ष सिद्धिकिले जानकारी दिए ।  हावाबाट बिद्युत उत्पादन भएपछि काेइलाबासका करिब २ सय ५० घरधुरी लाभान्बित हुने अनुमान गरिएकाे छ ।

कोइलाबासलाई ब्यबस्थीत गर्ने क्रममा यो ठाँउमा हावाबाट बिजुली उत्पादन गरी घर-घरमा बितरण गरी उज्यालोमय बनाउने अठोटका साथ काम गरेको गढवा गाँउपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिए । कोइलाबास नाकामा रहेका बिभिन्न किसिमका समस्या मध्येको बिद्युत पनि एउटा समस्या हो, अध्यक्षा यादवले देउखुरी टुडेलाइ भने ।

बिद्युतको समस्याले गर्दा त्यस ठाँउका स्थानियले पनि निकै सास्ती पाएका थिए । यो समस्याबाट छुटकारा पाउन पनि यो काम अघि बढाइएको र सफल भएर हावाबाट बिजुली उत्पादन हुँदा त्यस ठाँउलाई राम्रो हुने गढवा उद्योग बाणिज्य संघका अध्यक्ष रबिलाल आचार्यको बुझाई छ ।

हावाबाट बिजुली उत्पादन हुने भएपछि बर्षौ देखि झेल्दै आएको समस्या अब समाधान हुने भएकोले त्यस ठाँउका स्थानीय पनि हर्षित भएका छन् । यो काम तत्काल छिटो छरितो रुपमा सम्पन्न गरी विधुत बितरण कार्य अगाडि बढाउन काेइलाबासबासीकाे माग छ । हावाबाट बिजुली उत्पादन गर्ने कामलाई सफलता पूर्वक सम्पन्न गर्न सके त्यस ठाँउका नागरिकलाई केही राहत हुने विश्वास गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे