LISTEN LIVE RADIO

अवकाे पाँच दिनमा राप्ती उपत्यका देउखुरीमा मन्त्रालय सार्न मुख्यमन्त्री केसीको उर्दी



अवकाे पाँच दिनमा राप्ती उपत्यका देउखुरीमा मन्त्रालय सार्न मुख्यमन्त्री केसीको उर्दी

भालुवाङ १६ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले अवको ५ दिन भित्र मन्त्रालयका सबै संरचना सार्न उर्दी दिएका छन् । नयाँ निर्वाचित प्रदेश सभा सांसदहरुले प्रदेशको स्थायी राजधानी दाङमा सपथ लिने बताएका छन । अस्थायी संरचनामा बुटवलमा रहेको प्रदेश सभालाई फलामको टहरोको रुपमा निर्माण गरिएको प्रदेश सभा हलमा स्थानान्तरण गर्दै सोही स्थानबाट सपथग्रहण सँगै अव संसद दाङबाट चल्ने बताएका हुन् ।

स्थायी राजधानी निर्माणको कार्यलाई प्रदेश पूर्वाधार प्राधिकरणले युद्धस्तरमा काम बढाउनको लागि समेत मुख्यमन्त्री केसीले निर्देशन दिएका छन् । २०७७ साल असोज २० गते प्रदेशसभाबाट दाङ राजधानी तोकिएको थियो । राजधानीको संरचना निर्माणको काम तीब्र गतिमा अगाडि बढेको प्रदेश पूर्वाधार प्राधिकरणका कार्यकारी निर्देशक छविराज पोख्रेलले बताएका छन् ।

मन्त्रालयहरुका आधारभूत काम करिव ५ दिनमा र प्रदेशसभाको भवन प्रदेश सभा सदस्यहरुले सपथ लिंदासम्म तयार हुने उनको भनाई रहेको छ । राजधानी निर्माणको काम चलिरहे पनि त्यसको व्यवस्थापन गर्दै जाने योजनामा प्रदेश सरकार पुगेको छ । प्रदेश सरकारले आफ्नो सम्पूर्ण कार्य जिम्मेवारी भएकोले स्थापित गरी सञ्चालन गर्ने योजना अनुसार अगाडि बढेको मुख्यमन्त्रीका प्रेस संयोजक मान बहादुर विश्वकर्माद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे