LISTEN LIVE RADIO

हेटौँडाको राप्ती किनारमा छठ पर्व मनाइयो



हेटौँडाको राप्ती किनारमा छठ पर्व मनाइयो

मकवानपुर १३ कार्तिक । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१ राप्ती नदीकाे किनारमा आज आइतवार बेलुका भव्यरूपमा छठ पर्व मनाइएको छ ।

तराईका जिल्लाहरूमा जस्तै आज हेटौँडामा पनि धुमधामका साथ छठ पर्वको मुख्य दिनमा छठी माताकाे पूजाकाे साथै अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइएको हो । हेटौँडाको राप्ती नदीको उराठ लाग्ने बगर निकै झकिझकाउ बनाइएको थियाे । बगर झिलिमिली बत्तीले सिँगारिएको छ ।

व्रतालुले खोला नजिक बनाएको घाटमा प्रसाद सामग्री ठेकुवा, गहुँको पिठो र सख्खर मिसाएर घिउमा बनाइने खास परिकार, भुसुवा, कसार र अन्य मिष्टान्न परिकार, केरालगायतका सामग्रीहरू सूर्यलाई चढाउन राखेका छन् । आज बेलुका व्रतालुले कम्मरसम्म पानीमा चोबलिएर नुहाएसँगै अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर प्रसाद राखिएको डाली हातमा उठाएर सूर्यलाई देखाएका छन् ।

यो विधिलाई ‘सझुका अरख’ वा ‘सँझियाघाट’ भनिन्छ । यसरी ‘सझुका अरख’ मा देखाइएको प्रसाद सामग्रीको डाली सप्तमीका दिन भाेलि साेमवार बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएर देखाइएपछि छठ पर्व सम्पन्न हुने परम्परा छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे