LISTEN LIVE RADIO

देउखुरीको राप्ती गाउँपालिकाद्धारा पुनः हप्तामा २ घण्टे स्वयंमसेवा अभियान शुरु



देउखुरीको राप्ती गाउँपालिकाद्धारा पुनः हप्तामा २ घण्टे स्वयंमसेवा अभियान शुरु

भालुवाङ २९ असाेज ।  देउखुरीको राप्ती गाउँपालिकाका लागि हप्तामा २ घण्टे स्वयंमसेवक अभियान अन्तर्गत आज शनिवार भालुवाङ केन्द्रत सरसफाइ अभियान सञ्चालन गरिएको छ । बर्षाका कारण केही हप्ता स्थगीत भएको उक्त अभियान शनिबार देखि पुनः शुरू गरिएको हो ।

सरसफाइ अभियानको अगुवाइ गर्दै गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले भालुवाङ क्षेत्रको फोहोर बर्गीकरण (गल्ने र नगल्ने) गरेर राख्न बजारबासीहरूलाई निर्देशन दिंदै दुई तीन दिन भित्रै नियमित गाउँपालिकाको गाडीले फोहोर उठाउने र हाललाई अस्थायी रूपमा फोहोर व्यबस्थापन गर्न लागिएको बताए ।

साथै अध्यक्ष बिष्टले स्थायी सरफाई ब्यबस्थापनका लागि भने कार्य सुरूवात भएको जानकारी दिंदै उनले हाललाई सरसफाइ सम्बन्धी सचेतनात्मक तथा निर्देशनात्मक कार्यलाई निरन्तरता दिने र यसबाट ब्यबस्थापन हुन नसकेमा आबश्यकता अनुसार सरसफाइ सम्बन्धी बिद्धमान कानुनको परिपालना तर्फ कडाईका साथ लागु गर्ने चेतावनी समेत दिए ।

उक्त सरसफाई अभियानमा भालुवाङ बजारबासीको न्युज सहभागीता रहेको थियो भने ईलाका प्रहरी कार्यालय भालुवाङ र सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर हेटक्वाटर भालुवाङका प्रहरीहरुको उपस्थिती शुन्य थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे