LISTEN LIVE RADIO

राप्ती गाउँपालिकाले असाेज ३ गते योग साधाना गरी संविधान दिवस मनाउने



राप्ती गाउँपालिकाले असाेज ३ गते योग साधाना गरी संविधान दिवस मनाउने

भालुवाङ २ असाेज । दाङको राप्ती गाउँपालिकाले असाेज ३ गते योग साधाना गरी आठौँ संविधान दिवस मनाउन लागेको छ ।

साेमवार विहान ६ बजे देखि बेलुका ४ बजे सम्म जिवनपथ कार्यक्रम अन्तरगत तनाव व्यवस्थापन, योग, ध्यान, सुखमय जिवनको कला हुने राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर वलीले जानकारी दिएका छन् ।

कार्यक्रममा गुरु डा. टि.एन पथिकले याेग साधाना गराउने बताइएकाे छ । कार्यक्रममा उपस्थित भइदिन सम्पुर्ण जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, स्वास्थ्यकर्मी, पत्रकार सवैमा प्रमुख प्रशासकीय अधिकृत वलीले आग्रह गरेका छन् । २०७२ साल असोज ३ गते संविधान सभाबाट सङ्घीयता सहितको ‘नेपालको संविधान’ जारी भएको थियो । त्यही दिनलाई राष्ट्रिय पर्वका रूपमा मानेर हरेक वर्ष संविधान दिवस मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे