LISTEN LIVE RADIO

राप्तीमा विपद् जोखिम व्यवस्थापन स्थानीयकरण सम्बन्धी २ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न



राप्तीमा विपद् जोखिम व्यवस्थापन स्थानीयकरण सम्बन्धी २ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

भालुवाङ २ असाेज । दाङको राप्ती गाउँपालिकामा विपद् जोखिम व्यवस्थापन स्थानीयकरण सम्बन्धी स्थानीय तहहरुका लागि २ दिने क्षमता अभिवृद्धि  तालिम आइतवार सम्पन्न भएकाे छ ।

नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नेतृत्वमा अमेरिकी अन्तराष्ट्रिय सहायता नियोगको सहयोग अन्तर्गत आप्रवास संगठन मार्फत गाउँपालिका राष्ट्रिय महासंघ नेपाल सँगको सहकार्यमा भुकम्प प्रविधि राष्ट्रिय समाज नेपाल , लुथरन वल्ड फेडेरेसन्  र प्राक्टिकल एक्सन कल्सन्टेन्टद्धारा साे तालिम सम्पन्न भएकाे हाे ।

२ दिन सम्म चलेकाे तालिममा विपद् जोखिमबारे बुझाई, जोखिम सम्बन्धी नेपाल सरकारका नीतिहरु, जोखिम ब्यवस्थापन सुशासन, विपद् जोखिम समितिको काम र कर्तव्यहरु, कोष सञ्चालन कार्यविधि, लेखाजोखा मार्गदर्शन, आपतकालिन कार्यसञ्चालन केन्द्रको प्रावधान, जलवायु उत्थानशिल योजना, विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आदि विषयमा छलफल गरिएकाे थियो ।

तालिममा राप्ती गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष प्रमुख प्रशासकीय अधिकृत वडा अध्यक्ष तथा कार्यपालिका सदस्य गरी २२ जनाकाे सहभागीता रहेकाे तालिमकाे प्रशिक्षकमा अमित दहित र कृष्ण कडेल रहेका थिए । गाउँपालिकाकाकी उपाध्यक्ष कमलापती चाैधरीकाे  अध्यक्षतामा भएकाे कार्यक्रममा प्रवक्ता पहलवान चाैधरी लगायतले बाेलेका थिए । कार्यक्रमकाे सञ्चालन  अमित दहितले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे