तुलसीपुरमा हरेक शनिबार हाटबजार संचालन हुने



तुलसीपुरमा हरेक शनिबार हाटबजार संचालन हुने

तुलसीपुर ३० भदौ । तुलसीपुरमा आउँदो शनिबारदेखि हाटबजार संचालन हुने भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको तरकारी बजार परिसरमा साताको एक दिन शनिबार तरकारी बजार संचालनमा आउने भएको हो ।

स्थानीय कृषि तथा पशुपंक्षिजन्य उत्पादनलाई बजारीकरण गर्नका लागि हाटबजार संचालनमा आउन लागेको हो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को पहलमा हाटबजार संचालनमा आउने भएको हो ।

बजारमा छरिएर बिक्रि वितरण हुने कृषिजन्य वस्तुको बजार एकिकरणका लागि आउँदो शनिबारदेखि हाटबजार संचालनमा ल्याउन लागेको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष वर्षात भण्डारीले जानकारी दिए । ‘कृषि उत्पादनको सहजरुपमा बजारीकरणका लागि हाम्रो पहलमा तुलसीपुरको तरकारी बजारमा हाटबजार संचालनमा ल्याउन लागेका छौँ ।’ उनले भने-‘हाटबजार संचालन भएपछि बजारमा कृषिजन्यवस्तुको जथाभावी हुने बिक्रिवितरणलाई रोक्न पनि सकिन्छ ।’ उनले स्थानीयस्तरमा उत्पादन हुने कृषिजन्यवस्तु हाटबजारमा बिक्रिवितरण गर्नका लागि किसानलाई आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे