LISTEN LIVE RADIO

गढवामा पुस्तकालय दिवसका अवसरमा श्रष्टा सम्मान तथा पुस्तक लोकार्पण



गढवामा पुस्तकालय दिवसका अवसरमा श्रष्टा सम्मान तथा पुस्तक लोकार्पण

गढवा १५ भदाै । गढवामा श्रष्टा सम्मान तथा पुस्तक लोकार्पण कार्यक्रम बुधवार गढवामा सम्पन्न भएको छ। “पढौ-पढाऔ, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔ” भन्ने मुल नाराका साथ १५ औ‌‍ राष्ट्रिय पुस्तकालय दिवस २०७९ को अवसर पारि गढवा गाउँपालिका क्षेत्रका श्रष्टाहरुलाई सम्मान तथा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न भएको हो।

गढवा गाउँपालिका र देउखुरी सामुदायिक पुस्तकलय तथा स्रोत केन्द्रको संयुक्त आयोजनामा गढवा गाउँपालिका भित्रका हरेक बिधामा पुस्तक प्रकाशन गरेका श्रष्टाहरुलाई सम्मान गरेको हो । देउखुरी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रकी अध्यक्ष ओभा पाठकको अध्यक्षता तथा गढवा गाउँपालिका प्रमुख यमनरायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा राष्ट्रिय भूमि आयोग दाङका अध्यक्ष लेखराज रेग्मीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रम गढवा गाउँपालिका क्षेत्रमा रही पुस्तक प्रकाशन गरी भाषा, संस्कृति, कला र साहित्यको क्षेत्रमा अतुलनीय योगदान पुराएको भन्दै अवधि संस्कृति तथा संरक्षण प्रतिष्ठानका अध्यक्ष राम गोपाल यादव, देउखुरी साहित्य तथा सास्कृतिक मन्चका अध्यक्ष हरि पोख्रेल, गणतन्त्र नेपाल डटकम की सञ्चालिका तथा पत्रकार आस्था केसी, पत्रकार तथा लेखक शिबराज पन्थी, पूर्व गढवा गाविस अध्यक्ष भगवती प्रसाद चौधरी, साहित्यकार जगतराम यादव, अनुसन्धानकर्ता उदयराज आले, साहित्यकार भगवान दास यादव, प्राध्यापन दिपक कुमार यादव, लेखक भूमि प्रसाद शर्मा, जयजय राम यादव, राधा गौतम, लेखक रामसुरत यादव, आशिस अल्पबृक्ष, दुख हरण यादवलाई प्रमाण पत्र सहित सम्मान गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा गढवागाउँपालिका का प्रमुख यमनरायण शर्मा पोख्रेलले यस क्षेत्रको कला, संस्कृति, परम्परा साहित्यको संरक्षण गर्ने कर्तव्य स्थानीय सरकारको रहेकोले यसको संरक्षणका लागी गढवा साहित्यिक प्रतिस्ठान बनाउने बिषयमा आफु तयारी गरी रहेको बताए । देउखुरी सामुदायिक पुस्तकलय तथा स्रोत केन्द्रको गढवाको अमुल्य गहना भएको र यो पुस्तकालय मात्र नभई देउखुरी कै बौद्धिक विमर्श गर्ने थलोको केन्दको रुपमा रहेकोले यसको संरक्षण गर्न आफु लागि परेको अध्यक्ष शर्माले जानकारी दिए। यो संगै गढवा गाउँपालिकाको आठ वटै वडामा सामुदायिक पुस्तकालयको शाखा खोल्ने तयारी गरेको बताए ।

सुचना प्राबिधिको प्रयोग बढेसंगै सामाजिक सञ्जालमा दुई लाइन पढेर आफ्नो बिचार ब्यक्त गर्ने प्रबृति गलत भएको भन्दै पठनपाठनमा बिशेष ध्यान दिनसबैलाई अनुरोध समेत गरे। गढवा क्षेत्रको कला, संस्कृति, भाषा, साहित्यको संरक्षण र सम्वर्द्धन गर्ने जिम्मा यही क्षेत्रका लेखक साहित्यकारहरुको रहेको भन्दै साहित्यिक क्षेत्रमा निरन्तर कलम चलाउन र पालिका बाट चाहिने सम्पूर्ण सहयोग गर्न आफु तयार रहेको भन्दै लेखक तथा साहित्यकार हरु लाई निरन्तर कलम चलाउन अनुरोध गरे ।

कार्यक्रममा गढवा गाउँपालिकाका वडा नम्बर – ६ का अध्यक्ष बिर बहादुर आले मगर, नागरिक समाज दाङका उपाध्यक्ष निम बहादुर थापा, थारु भाषा साहित्य संरक्षण मञ्चका अध्यक्ष छविलाल कोपिला, देउखुरी बहुमुखी क्याम्पसका प्राध्यापक हरेकृष्ण ज्ञवाली, नेपाल ह्रदयरोग निवारण केन्द्र दाङका अध्यक्ष रविलाल आचार्य, गढवागाउँपालिकाका शिक्षा शाखा प्रमुख श्याम बहादुर बिक, नेपाल रेड्क्रस सोसाइटी उपशाखा गढवाका दयाराम यादव, वडा नम्बर छ का वडा सदस्य दिनमणी आचार्य, अर्जुन कुमार पाैडेल, हिमोद पहाडी लगायतकाको उपस्थिति रहेको थियो।

देउखुरी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रले गढवा गाउँपालिका वडा नम्वर ६ खबरीकी सरस्वती पुनको घरमा आगलागी भई क्षेती भएको हुनाले सरस्वती पुनलाई खाद्यान्न सहयोग गरेको छ। कार्यक्रममा बिर बहादुर आले मगर, हरि पोख्रेल, छविलाल कोपिला, आशिस अल्पबृक्ष, कृष्ण ज्ञवाली, अध्यक्ष राम गोपाल यादव,अर्जुन पौड्याल, शिवराज पन्थी लगायतकाले रचना बाचन गरेका थिए । देउखुरी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका सदस्य महेश अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव शिवराज पन्थीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे