LISTEN LIVE RADIO

सहकारी संञ्जालको दोस्रो साधारण सभा तथा अधिवेशन सम्पन्न



सहकारी संञ्जालको दोस्रो साधारण सभा तथा अधिवेशन सम्पन्न
२९ साउन,गढवा- गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालको दोस्रो साधारण सभा तथा अधिवेशन शनिबार गढवामा सम्पन्न भएको छ । सम्पन्न अधिवेशनले बेगम बहादुर गहतराजलाई अध्यक्ष पदमा सर्वसम्मत रुपले चयन गरेको छ। गढवागाउँपालिका स्तरीय सहकारी संञ्जाल गढवाका अध्यक्ष तथा गढवागाउँपालिकाको सहकारी शाखा प्रमुख अशोक कुमार यादवको सभापतित्व तथा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवागाउँपालिकाका न्यायिक समिति सदस्य रेखा थापा को बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो । प्रमुख अतिथीको आसनबाट बोल्दै अध्यक्ष शर्माले आफु निर्बाचित भएर आए सहकारी हरुको बारेमा बुझ्न खोज्दा सहकारी संस्थाहरुको कुनै निकाय नै नभएको पाईएकोले तुरुन्तै सहकारी हेर्ने शाखा स्थापना गर्न लगाएको बताउनुभयो। साथै सहकारी शाखा स्थापना भएपछी सहकारी संस्थाहरुको समस्या लाई समाधान गर्ने र संस्थागत बिकाशका लागी सहज भएको बताउनुभयो।
सहकारी हरुको बारेमा सम्पूर्ण जानकारी सजिलै लान सकिने र कुन सहकारी कसरी चलेको छ, कुन सहकारी लाई सहयोगको आवश्यकता छ त्यसको हिसाब हामीले सजिलै थाहा पाउने गरेका छौ अध्यक्ष शर्माले भन्नु भयो। बचत तथा ऋण सहकारी संस्था बाहेक अन्य संस्थाहरु खासगरी कृषि क्षेत्रमा काम गर्ने संस्थाहरु सकिने अवस्थामा भएको हुनाले त्यस्ता सहकारी संस्थाहरु लाई जोगाउनका लागी पालिकाले हर सम्भव कोसिस गरेको र कृषि क्षेत्रमा काम गरिरहेका सहकारीहरु लाई उत्पादनमुखी कार्यक्रम अघिबढाउन सुझाव दिनु भयो। गढवागाउँपालिकाले यही आर्थिक वर्षदेखि बिउ उत्पादन सुरु गरेको र आत्मनिर्भर बन्ने लक्ष्यका साथअघि बढेको जानकारी दिउ भयो।
सहकारी मार्फत रोजगार र उत्पादनमुखी कार्यक्रम ल्याउने सहकारीहरु लाई सहयोगका लागी पालिका बाट दश लाख रुपैयाँका लागी छुट्याएको जानकारी समेत गराउनु भयो। गढवा गाउँपालिका वडा नम्बर – १ को कुलपानी मा सम्पन्न अधिवेशनमा संस्थाका सचिव बेगम बहादुर गहतराजले प्रतिवेदन र संस्थाले गरेको कामकाजको जानकारी दिनु भएको थियो। कार्यक्रममा गढवा गाउँपालिकाका भित्र रहेको ५९ सहकारी मध्ये ४५ वटा सहकारी संस्थाहरु मात्र क्रियाशील रहेको पाईएको छ। कार्यक्रममा गढवा गाउँपालिमा क्रियाशील रहेको सबैसहकारी संस्थाहरुको प्रतिनिधिहरु उपस्थिति रहेको थियो। कमला आचार्यको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालका सचिव बेगम बहादुर गहतराजले गर्नु भएको थियो ।
कार्यक्रममा कुलपानी सामुदायिक बनका पूर्व अध्यक्ष देवलाल यादव, राजितराम यादव, हेमराज शर्मा अधिकारी, शकुन्तला डि. सी., हरी प्रसाद यादव, कानुनी सल्लाहकार उमाकन्त पन्त, समाजसेवी हिरालाल चौधरी, परि सहकारी संस्था लिमिटेडका अध्यक्ष दामोदर ढुङगाना, सम्भुनाथ चौधरी, ओम प्रकाश चौधरी लगायतकाले बोल्नु भएको थियो। अधिवेशनले बेगम गहतराजको अध्यक्षतामा १३ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ।जस्को उपाध्यक्षमा कमला आचार्य, सचिवमा कैलाश चौधरी, सहसचिवमा रेखा शर्मा, कोषाध्यक्षमा अशोक कुमार केसी रहनु भएको छ। त्यसैगरी सदस्यहरुमा पटवारी यादव, देवकिशोर चौधरी, उमाकान्त सुबेदी, दामोदर ढुङगाना, रिना चौधरी, कमल कुमारी कुमाल, देव प्रकाश चौधरी, नारायण भुषाल लाई चयन गरेको छ।
त्यसैगरी अधिवेशनले ओम प्रकाश थारु कुमालको संयोजकत्वमा २ सदसिय लेखा समिति गठन गरेको छ जस्को सदस्यहरुमा रम्भुनाथ चौधरी र शारदा खड्का रहनु भएको छ। त्यसैगरी हेमराज अधिकारीको संयोजकत्वमा ४ सदसिय सल्लाहकार समिति गठन गरेको छ। जस्को सदस्यहरुमा शकुन्तला डिसि, हिरालाल चौधरी, तुला बहादुर सिंह ठकुरी र राम प्रकाश रहनु भएको छ। त्यसैगरी अधिवेशनले उमाकन्त पन्तलाई कानुनी सल्लाहकार र गढवा गाउँपालिकाका प्रेस संयोजक आलोक भावुक लाई प्रेस सल्लाहकारमा चयन गरेको छ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे