तुलसीपुरको कालीका मन्दिरमा दान पेटिका फोडेर दान रकम चोरी



तुलसीपुरको कालीका मन्दिरमा दान पेटिका फोडेर दान रकम चोरी

तुलसीपुर २१ कात्तिक । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित त्रिसिद्देश्वरी मन्दिर (कालीका) मा चोरी भएको छ । गएराति मन्दिरमा रहेका ६ वटा दान पेटिका फोडेर पेटिकामा रहेको दान रकम चोरी भएको मन्दिर व्यबस्थापन समितिका सचिब होमराज शर्माले बताए ।

‘२/३ दिन अघि पेटिकामा भएका सबै पैसा हामीहरुले निकालेका थियौं, त्यसले गर्दा धेरै पैसा थिएन्, तीन दिनमा बढि भएको भए त्यही ५/७ हजार हुदो हो’, उनले भने‘त्यो पैसा चोरी भएछ ।’

मन्दिरमा चारजना पुजारी बस्ने भएपनि रातिमा कसरी चोरी भयो भन्ने विषयमा कुनै पनि जानकारी नपाएको सचिब शर्माले बताए । उनका अनुसार यस विषयमा प्रहरीलाई खबर गरेको उनको भनाई छ । मन्दिरमा यस अघि पनि पटक-पटक चोरी हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे