LISTEN LIVE RADIO

बालबालिकालाई संस्कारयुक्त शिक्षा दिनुस् अध्यक्ष : विष्ट



बालबालिकालाई संस्कारयुक्त शिक्षा दिनुस् अध्यक्ष : विष्ट

भालुवाङ १७ असार । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बालबालिकाहरूलाई संस्कारयुक्त शिक्षा दिन बालविकास केन्द्रका शिक्षिकाहरूलाई सुझाव दिएका छन् ।

राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको प्रारम्भिक बालविकास केन्द्रका शिक्षकहरूका लागि ७ दिने क्षमता विकास तालिमको शुक्रबार समापन गर्दै कुरा बताएका थिए ।

अध्यक्ष विष्टले बालबालिकाहरूलाई गुड मोर्निङ सिकाउने होइन नमस्कार गर्न सिकाउनु पर्ने सुझाव दिएका छन् । अंग्रेजी भाषा बढी प्रयोग गर्दा नेपालीहरूको भाषा र संस्कार, संस्कृति समेत लोप हुन सक्ने भएकाले संस्कारयुक्त शिक्षामा ध्यान दिन निर्देशन समेत दिएका छन् ।

अध्यक्ष विष्टले राप्ती गाउँपालिकालाई यस आर्थिक वर्ष २०७९/८० मा कक्षा १० सम्म निशुल्क गराउँदै गुणस्तरीय शिक्षाको विकासका लागि अगाडि बढ्ने समेत बताएका छन् ।

त्यस्तै उपाध्यक्ष कमलापती चाैधरीले शिक्षा सुधारमा बालविकास केन्द्रका शिक्षिकाहरूको पनि महत्त्वपूर्ण भुमिका हुने बताएकी छिन् । त्यस्तै उनले ७ दिन सम्म सिकेका कुरालाई पुर्णरूपमा व्यवहारमा लागू गर्नुपर्ने बताएकी थिईन् ।

तालिममा शैक्षिक सामाग्री निर्माण, विषयगत शिक्षा, आधारभुत आवश्यकता, व्यक्तितब विकास, सिकाई विधी, सिकाई वातावरण तथा अभ्यास, भाैतिक वातावरण लगायतका विषयमा जानकारी गराइएको थियोे ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख तथा उपाध्यक्ष कमलापती चाैधरीको विशिष्ट आतिथ्यतामा भएको तालिम समापन कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरी, प्रशिक्षक कल्पना बेल्वासे लगायतले मन्तव्य व्यक्त गरेका थिए । ३९ जना शिक्षिकाहरूको सहभागीता रहेको तालिमको प्रशिक्षकमा कल्पना बेल्वासे रहेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे