LISTEN LIVE RADIO

समय सहकारीद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण



समय सहकारीद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

भालुवाङ १६ असार । दाङकाे राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङमा रहेको समय बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सेवा क्षेत्र भित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

बिहिवार उक्त संस्थाले जनता मावि कालाकाटे, आधारभुत विद्यालय वनघुस्री र आदर्श प्रावि बडहरामा अध्ययनरत २०/२० जना विद्यार्थीहरुलाई सम्बन्धित विद्यालयमै पुगेर शैक्षिक सामग्री अन्तर्गत कपी, डट्पेन र पेन्सिल वितरण गरेको हो । शिक्षा उप समितिका संयोजक केशवराज खनालका अनुसार सामाजिक कोष अन्तर्गतको रकम सामाजिक क्षेत्रमै खर्च गरिएको हो ।

संस्थाका उपाध्यक्ष गिरबहादुर पौडेल, कोषाध्यक्ष ऋषिराम आचार्य, शिक्षा उप समितिका संयोजक केशवराज खनाल, लेखा संयोजक ठाकुर आचार्य, संचालक समिति सदस्य हिमाल एमसी र व्यवस्थापक ढुण्डीराज भट्टराई तीन वटै विद्यालयमा पुगेर सामग्री वितरण गरेका हुन् । जनता मावि कालाकाटेका प्रधानाध्यापक वासुदेव वेल्वासे, आधारभुत विद्यालय वनघुस्रीका शिक्षक अभिभावक संघका अध्यक्ष दिलबहादुर महतरा र आदर्श प्रावि बडहराका प्रधानाध्यापक ओमबहादुर मगरले आ-आफ्नो विद्यालयको तर्फबाट समय सहकारी संस्थालाई धन्यवाद ज्ञापन गरेका थिए ।

संस्थाका व्यवस्थापक ढुण्डीराज भट्टराईले केही दिन भित्रै राप्ती गाउँपालिका भित्र रहेका थप केही सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे