LISTEN LIVE RADIO

देउखुरीकाे एक सामुदायिक वनमा रकम हिनामिना गरेकाे भन्दै अख्तियारद्धारा आरोप पत्र दायर



देउखुरीकाे एक सामुदायिक वनमा रकम हिनामिना गरेकाे भन्दै अख्तियारद्धारा आरोप पत्र दायर

देउखुरी १३ असोज । दाङ देउखुरीको एक सामुदायिक वनका पदाधिकारीहरुले भष्ट्राचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप पत्र दायर गरेको छ ।

आयोगले राजपुर गाउँपालिका वडा ७ मा रहेको सल्लेरी सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरुले समुहको कोषको रकम हिनामिना गरेको भन्ने उजुरीको आधारमा अनुसन्धान थालेको थियो ।

सोहि अनुरुप सल्लेरी सामुदायिक वन उपभोक्ता समुहका तत्कालीन अध्यक्ष दिपक घर्ती, कोषाध्यक्ष पुर्ण बहादुर घर्ती र सचिव निमा चौधरीले वन विकास कार्यक्रमको मार्गदर्शन २०७१ को बिधान कार्ययोजना बिपरीत बाटो निर्माण, कुलो, चर्पी निर्माण, होटेलबाँस, खानानास्ता लगायतका शिर्षकमा अनियमितता गरेको पाईएको छ ।

उनीहरुले खर्च बिबरण तथा बिल भरपाई समेत नदेखाई बदनियतपूर्ण ढंगले ४ लार ५२ हजार २६५ खर्च गरेका छन् । सार्बजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९४० बमोजिमको कसुर गरेको स प्रमाण पुष्टि भएपछि उनीहरु विरुद्ध उक्त रकमको बिगो दावी सहित विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे