LISTEN LIVE RADIO

दाङमा कोरोना संक्रमण दर घट्दै, १० जनाको परिक्षण गर्दा २ जनामा संक्रमण पुष्टि



दाङमा कोरोना संक्रमण दर घट्दै, १० जनाको परिक्षण गर्दा २ जनामा संक्रमण पुष्टि

दाङ १३ असाेज । दाङमा वितेको २४ घण्टामा १० जनाको पिसिआर परिक्षण गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र घोराहीले दिएको जानकारी अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परिक्षण गर्दा राप्ती गाउँपालिकाका २ जना महिलालाई संक्रमण देखीएको हो । यो संगै जिल्ला अब सक्रिय संक्रमितको संख्या ६० पुगेको छ ।

ती मध्ये ५१ जना होम आईसोलेसनमा , ६ जना आईसियूमा र ३ जना अक्सिजन सहितको भेन्टिलेटरमा उपचाररत रहेको केन्द्रले जनाएको छ । यस्तै थप एक जना कोरोनाबाट मुक्त भएका छन् । मुक्त हुनेमा तुलसीपुरका रहेका छन् । जिल्लामा बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ९ हजार ९० जना पुगेको भने ८ हजार ८ सय १५ जना कोरोनाबाट मुक्त भईसकेको केन्द्रले जानकारी दिएको छ । संक्रमित मध्ये अहिले सम्म २ सय १५ जना संक्रमितको निधन भएको केन्द्रले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे