LISTEN LIVE RADIO

आर्थिक बर्ष सकिनै लाग्दा लमहीका थुप्रै ठाउँमा विकासे योजनाको काम धमाधम हुँदै



आर्थिक बर्ष सकिनै लाग्दा लमहीका थुप्रै ठाउँमा विकासे योजनाको काम धमाधम हुँदै

लमही २१ असार । आर्थिक बर्ष समाप्त हँुनै लाग्दा लमही नगरपालिका भित्रका थुप्रै ठाउँमा अहिले बिकासे योजनाको कार्यले तिब्रता पाइरहेको छ । यसै क्रममा लमही ३ फल्कापुर उत्तरतर्फको कच्ची सडक पक्की गर्ने कार्य सुरु भएको छ । जसमा अहिले ग्राभेल तथा रिसोलिङ्ग गर्ने कार्य सकिएको छ । शनिबारबाट उक्त ठाउँको सडको स्तरउन्नति गर्न थालिएको हो ।लमही नगरपालिकाको ५० लाखको लगानीमा सडकको कालेपत्रे सहित नाला निर्माण हुने भएको हो । उक्त सडकमा अहिले ग्राभेल गरेर रिसोलोलिङ्ग गर्ने कार्य र नालाा निर्माणकार्य संम्पन्न भएको र अबको दुई चार दिनमा ३ सय मिटर सडक पक्की हुने भएको उत्तर फलकापुर टोल बिकाश सस्थाका अध्यक्ष रामलाल चौधरिले जानकारी दिनु भएको छ ।हिउँदमा धुलो र बर्षा हिलो बाट आजित भएको त्यस ठाउका स्थानीयहरु सडकको स्तरउन्नति हुन थाले पछि खुसिले गदगद भएको छन । जसको निर्माणकार्यको जिम्मा कल्याण प्रालि लमही ३ कान्तिपुरले पाएको छ ।

यस्तै लमही १ कौडियाको उत्तर तर्फको सडकको दायाँबायाँ नाला निर्माणकार्य सुरु भएको छ । यस्तै लमही ४ अर्नहवामा जेष्ठ नागरिक भबन निर्माणकार्य पनि सुरु भएको छ । लमही नगरपालिकाको ३ लाख र स्थानीयबासिको जनश्रमदान गरेर सो कार्य पूरा हुने भएको हो ।

१ हल सहित दुई कोठे भबनको गत शुक्रबार देखि निर्माणकार्य सुरु भएको हो।जेष्ठ नागरिकहरुले आफ्नो भबन नहुदा कहिले कहाँ, कहिले कहाँ बसेर बैंकक, सभा गर्नु पर्ने बाध्यता थियो । १ वटा हल र १ अपिस कोठा रहने उक्त भबन यस बर्ष संम्पन्न नभए पनि समय अबधि पुनः थप गरेर भए पनि साउन महिना भित्र सक्ने योजना समितिले बनाएको जेष्ठ नागरिक संजाल वडा नम्बर ४ का अध्यक्ष कमल घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे