LISTEN LIVE RADIO

राजपुर गाउँपालिकाकाे बजेट ५१ करोड ८५ लाख



राजपुर गाउँपालिकाकाे बजेट ५१ करोड ८५ लाख

राजपुर ११ असार । देउखुरीको राजपुर गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक निति तथा कार्यक्रम सहित ५१ करोड, ८५ लाख बढी बजेट ल्याएकाे छ । गाउँपालिकाकाे नवौं गाउँसभा मार्फत उक्त बजेट ल्याएकाे हाे ।

कृषि पशुपन्छी वन पैदावार भरपुर सुखी समृद्ध र सुन्दर राजपुर भन्ने मुल नाराको साथमा संचालन भएको नवौं गाउँसभामा आउँदो आर्थिक वर्षको निति तथा कार्यक्रम राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीले प्रस्तुत गरेका हुन् ।  त्यस्तै आर्थिक वर्ष २०७८/०७९ को बजेटलाई उपाध्यक्ष धनपती देवी यादवले प्रस्तुत गरेकी छिन् । यादवले आर्थिक विकास तर्फमा ३ करोड ९० लाख २४ हजार, सामाजिक विकासमा १८ करोड ६६ लाख ११ हजार, पुर्वाधार विकास १२ करोड ९७ लाख २०, वातावरण तथा विपद व्यवस्थापन १ करोड ८५ लाख, संस्थागत विकास सेवा प्रवाह र सुशासन ९ करोड ७० लाख ५७ हजार १ सय १७ बजेट विनियाेजन गरेकाे बताइन् ।

यस वर्ष संघीय सरकारबाट विभिन्न अनुदान मार्फत ४२ करोड १८ लाख ७० हजार ८ सय ३२ र प्रदेश सरकारको विभिन्न अनुदानद्वारा ४ करोड ६४ लाख ७७ हजार ३ सय १०, यस्तै आन्तरिक स्रोतबाट ५ करोड २ लाख २० हजार ९ सय ८४ गरि कुल जम्मा ५१ करोड ८५ लाख ६९ हजार १ सय १७ रुपैया राजपुर गाउँपालिकामा बजेट रहेकोे छ ।

 

त्यस्तै बिहीबार आज उद्घाटन भएको नवौं गाउँ सभा असारको २२ गते पुनः संचालन हुने र दुई दिन सम्म बृहतरुपमा छलफल गरि २३ गते उक्त सभाला सम्पन्न गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद खनालले जानकारी दिनु भयो । यसैगरी आर्थिक वर्ष २०७८/०७९ को सम्पुर्ण बजेट कुन क्षेत्रमा के कति विनियोजन भएको छ भन्ने विषयमा बुझ्नको लागि गाउँपालिकाको वेबसाइटमा गएर हेर्न सकिने प्रशासन शाखाका प्रमुख महेश ठेडी थापाले जानकारी दिएका छन् ।

यस्तै उक्त निति तथा कार्यक्रमको बारेमा राजपुर गाउँपालिका वडा नम्बर ७ का वडा सदस्य लिलाराम बिक,वडा नम्बर ६ का वडा अध्यक्ष श्यामबहादुर रोका, वडा नम्बर १ का अध्यक्ष बिष्ण बहादुर बुढा, वडा नम्बर ५ का अध्यक्ष नरेन्द्र सिंह भण्डारी, वडा नम्बर ७ का वडा सदस्य तथा कार्यपालिका सदस्य निम कुमारी झाक्री, वडा नम्बर ७ का वडा सदस्य पुष्कर वलि लगायतकाले आ-आफ्नो जिज्ञासा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे