LISTEN LIVE RADIO

दाङकाे घोराहीबाट एक लाख उन्नचालिस हजार सहित छ जुवाडे पक्राउ



दाङकाे घोराहीबाट एक लाख उन्नचालिस हजार सहित  छ जुवाडे पक्राउ

घाेराही २३ जेठ । दाङमा जुवाखेलीरहेका छ जुवाडे पक्राउ परेका छन् । हिजो (शनिबार) बेलुका घोराही उपमहानगरपालिका वडा नम्बर १५ गौद्वरिदप होटलमा जुवा (तास) खेलीरहेको सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय घोराहीबाट गएको टोलीले होटल संचालक सहित ६ जुडाडे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकृत एवं प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

प्रकाउ पर्नेहरु घोराही १५ का ४१ वर्षिय सुधीर न्युपौने,सोहि ठाउका ३२ वर्षिय सन्तोष पराजुली,४५ वर्षिय प्रका पोख्रेल,२० वर्षिय भिम खत्री,२४ वर्षिय होमराज रोका र वर्ष २९ का होटल संचालक दिपक थापारहेको प्रवक्ता रिजालले जानकारी दिनुुभयो । पक्राउ पर्ने सबै घोराही १५ कै रहेका छन् । उनीहरुलाई नगद एक लाख उन्नचालिस हजार रुपौया र जुवा खेल्न प्रयोग हुने एक गड्डी तास सहित प्रकाउ गरि गरिएको हो । प्रकाउ परेका माथी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे