बितेको २४ घण्टामा एकैघरका बाबुछोरा सहित दाङमा ७ जना कोरोना संक्रमितको मृत्यु



बितेको २४ घण्टामा एकैघरका बाबुछोरा सहित दाङमा ७ जना कोरोना संक्रमितको मृत्यु

दाङ २ जेठ । बितेको २४ घण्टामा एकैघरका बाबुछोरा सहित दाङमा ७ जना कोरोना संक्रमितको मृत्यु भएकाे छ । जिल्ला आपतकालिन कार्य सन्चालन केन्द्र घोराही दाङले दिएको जानकारी अनुसार वितेको २४ घण्टामा घोराहीका एकैघरका बावुछोरा सहित जिल्लाका विभिन्न अस्पताल तथा होमआईसोलेसनमा बसेका सात जना संक्रमितको मृत्यु भएको हो ।

घोराही ९ का ६८ बर्षिय एक बृद्धको होम आईसोलेसनमा आईतवार निधन भएको हो भने उनका छोरा ३० बर्षीय युवकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको केन्दले जनाएको छ । यस्तैगरी घोराही १४ का ७४ बर्षिया एक महिलाको कोरोना विशेष अस्पताल बेलझुण्डी, घोराही १५ का ६४ बर्षिय पुरुषको नेपालगन्ज लैजादै गर्दामा बाटोमा, घोराही १८ का ७५ बर्षिया महिलाको प्रतिष्ठानमा, लमही नगरपालिका ६ बस्ने ५९ बर्षिय पुरुषको होम आईसोलेसन र तुलसीपुर १६ का ७८ बर्षिय पुरुषको मेट्रो अस्पताल अश्वारामा निधन भएको केन्द्रले जानकारी दिएको छ । यो संग जिल्लामा बैशाख यता निधन हुनेको संख्या १ सय १५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे