दाङमा अक्सिजनको चरम अभाव भएपछि सांसद चौधरीद्धारा ध्यानाकर्षण



दाङमा अक्सिजनको चरम अभाव भएपछि सांसद चौधरीद्धारा ध्यानाकर्षण

दाङ २९ वैशाख । दाङमा चरम अक्सिजन अभाव भएपछि जनप्रतिनिधीहरुको ध्यानाकर्षण गर्न एस.एम.एस. अभियान चलेपछि सांसदहरुको ध्यान केन्द्रित भएको छ । यसै क्रममा लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित चौधरीले पनि आफनो ध्यान केन्द्रित भएको बताएका छन् । उनले बुधवार सामाजिक संजाल फेसबुक मार्फत प्रदेश सरकारको ध्यानाकर्षण भएको बताए ।

उनले अक्सिजन सिलिन्डर अभाव भएपछि देउखुरीमा सिलिन्डर खोज्न र व्यावसायीहरुलाई सहयोग गर्न अनुरोध गर्दा राप्ती गाउँपालिकामा १६ सिलिन्डर जम्मा गरि १० हजार अक्सिजन भर्न सहयोग गरेको बताए । तर दाङ सिडिओले सिलिन्डर भर्न दाङमा पालो मिलाउन सक्दैन बाहिर लैजानुस भन्नू लज्जास्पद कुरा भएको बताए । लमहीको पनि त्यस्तै भएको रहेछ । पछि भैरहवाको प्लान्टमा कोसिस गरियो । रुपन्देहीको सिडओले कुरा काटन नसकेर होला सम्बन्धित पालिकालाई फोन गर्न भन्नुस म मिलाउछु भन्नू भयो । लमहीबाट ४५ सिलिन्डर गाडीमा लोड गरेर लमही नगरपालिकाले फोन गर्दा नसकिने जवाफ आएको उनले बताए ।

प्रदेशमा रहेको अक्सिजन प्लान्टले नधान्ने अवस्थामा संघिय सरकारको ध्यानाकर्षण गराउने हो । र बिदेशबाट किनेर उपलब्ध गराउनु बिकल्प नरहेको उनले बताए । भैरहवाको अक्सिजन प्लान्टको क्षमता दैनिक १५–१७ सय सिलिन्डर हो । उसले सरकारले सहयोग गरे यसको डबल उत्पादन गर्छु भनेको छ । म प्रदेश सरकारको यसमा ध्यानाकर्षण गराउन चाहन्छु । उनले फेसकबुकमा लेखेका छन् । यसैगरी नेपालगंज र दाङको प्लान्टको उत्पादन क्षमता थप्न सहयोग गर्न पनि उनले अनुरोध गरेका छन् । त्यस्तै उनले राप्ती प्रादेशिक अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा भएको अक्सिजन प्लान्ट संचालनमा ल्याउन पनि अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे