बर्दियामा अस्पतालबाट डिस्चार्ज भएका संक्रमितको मृत्यु



बर्दियामा अस्पतालबाट डिस्चार्ज भएका संक्रमितको मृत्यु

काठमाडौं २८ वैशाख । बर्दियामा अस्पतालबाट डिस्चार्ज भएकै राति एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बर्दियका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार राजापुर–४ का ५५ वर्षीय पुरुषको अस्पतालबाट डिस्चार्ज भएकै राति मृत्यु भएको हो ।

वैशाख २० गते गरिएको एन्टिजेन परीक्षणमा उनीमा संक्रमण देखिएको थियो । संक्रमण पुष्टि भएसँगै बाँकेको भेरी अस्पतालमा वैशाख २१ गते उनलाई भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार आएपछि भेरी अस्पतालले वैशाख २७ गतेमात्रै होम आइसोलेसनमा बस्ने गरी उनलाई डिस्चार्ज गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे