LISTEN LIVE RADIO

होटल व्यवसायलाई पर्यटन संग जोड्नुसः मुख्यमन्त्री पोख्रेल



होटल व्यवसायलाई पर्यटन संग जोड्नुसः मुख्यमन्त्री पोख्रेल

दाङ २८ चैत्र । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले होटल व्यवसायलाई पर्यटन संग जोड्न फरक र रचनात्मक योजना बनाउन व्यवसायीलाई आग्रह गरेका छन् ।

होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशको प्रथम साधारणसभा तथा अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै उनले बाध्यताको होटल नभएर पर्यटन व्यवसाय संग जोडिएर घर भन्दा बाहिर मानिस निस्कने वातावरणको सृजना गर्नेगरी होटल व्यवसायको प्रवर्द्धन गर्न आग्रह गरे ।‘होटल व्यवसायलाई कर्पाेरेट ढाँचामा लैजानुपर्छ । खाना बजार चलाउन सकिन्छ । होटल ग्रामको अवधारणा अघि बढाउनुस’उनले भने–‘होटलमा पर्यटन संग जोडिने ट्राभल एण्ड टुर एजेन्सी पनि जोड्नुस ।’

अवको पाँच महिना पछि गौतमबुद्द अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने जानकारी दिदै उनले पर्यटकहरुको सिधै पहुँच पुगेपनि पर्यटकलाई लक्षित गरेर सुविधा सम्पन्न होटल व्यवसायको अभावको चुनौती रहेको बताए ।‘अब बाह्य पर्यटकको चाप बढ्छ । पर्यटकलाई चाहिने सुविधाको होटलको व्यवस्थापन गर्ने जिम्मेवारी व्यवसायीको हो’उनले भने–‘हाम्रा होटल तथा व्यवसायका पूर्वाधार भविस्य लक्षित हुनुपर्छ ।’

नेपालमा भ्रमण संस्कृतिको अझै अभाव रहेको बताए । भ्रमण संस्कृति अवधारणाको विकास गर्न आवश्यक रहेको तर्क गरे ।‘प्रदेश सरकारले हिल स्टेसनको अवधारणा ल्याएको छ । यस अवधारणामा निजि क्षेत्र संग सहकार्य गर्न सकिन्छ’उनले भने–‘कहाँ र कसरी अघि बढ्ने बिषयमा सहकार्य सुरु गर्न सकिन्छ ।’

लुम्बिनी प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले आर्थिक विकास र समृद्धिको आधार कृषि, पर्यटन, उद्योग रहेको बताए । होटल व्यवसायलाई पर्यटन संग जोडेर लैजानुपर्ने आवश्यकता औंल्याए ।‘होटलको सेवालाई गुणस्तरीय बनाउनु पर्छ । हामी कहाँ होटलको संख्या पनि कम छ’उनले भने–‘पर्यटनमा आधारित ठूला होटल व्यवसाय, उद्योगहरु सञ्चालनमा ल्याउनु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे