LISTEN LIVE RADIO

विजय लघुवित्तद्वारा तीन लाख पन्ध्र हजार रुपैयाको बिमा रकम उपलब्ध



विजय लघुवित्तद्वारा तीन लाख पन्ध्र हजार रुपैयाको बिमा रकम उपलब्ध

दाङ २३ चैत । विजय लघुवित्त वित्तीय संंस्थाले पीडित परिवारलाई तीन लाख पन्ध्र हजार रुपैयाको विमा रकम उपलब्ध गराएको छ । आफ्नो समूह सदस्यलाई विमा क्षतिपुर्तिबाफतको रकम पीडित परिवारलाई उपलब्ध गराएको हो ।

लघुवित्त वित्तिय संस्था घोराहीबाट गठित केन्द्र नम्वर–१०३ का सदस्य किरण रोकाले बाख्रापालन गर्ने प्रयोजनार्थ ऋण लिएको र उहाँको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएकाले उहाँले इच्छाएका व्यक्ति राधिका रोकालाई बिमा रकम उपलब्ध गराएको शाखा प्रबन्धक किरण घिमिरेले जानकारी दिए ।

‘हाम्रो संस्थाबाट १ लाख पन्ध्र हजार ऋण लिनुभएका किरण रोकाको दुर्घटनामा परी मृत्यु भएपछि तिर्न बाँकी रकम मिनाहा गरी उहाँको परिवारलाई ३ लाख १५ हजार विमा रकम उपलब्ध गराएका छौं’, शाखा प्रबन्धक घिमिरेले भने ।
संस्थाले एक कार्यक्रमको आयोजना गरी विमा रकम उपलब्ध गराएको छ ।

पुलचोक खोलीगाउँ टोलविकास संस्थाका अध्यक्ष मानबहादुर नेपाली, घोराही उपमहानगरपालिका–१४ का वडाध्यक्ष भानसिंह बुढा र केन्द्रीय कार्यालयका प्रतिनिधि कुमबहादुर थापाको रोहवरमा विमा रकमको चेक हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा वडाध्यक्ष बुढाले समाजमा भएको लघुवित्तप्रतिको धारणा तथा लघुवित्तले प्रदान गर्ने सेवाहरु र गरीबी न्युनीकरणमा लघुवित्तले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले समाजमा अझै वित्तीय चेतना पु¥याउनुपर्ने धारणा राखे । उक्त अवसरमा उपस्थित सदस्य तथा टोलका अन्य सहभागी हरुलाई वित्तीय साक्षरता तथा पुनर्ताजगी कार्यक्रम सञ्चालन गरिएको थियो ।

शाखा प्रबन्धक घिमिरेले संस्थाले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधा, लघुवित्त संस्थाको महत्व तथा आवश्यकता, संस्थाले प्रदान गर्ने लघुकर्जा, लघुवचत, लघुविमालगायत एकल बैंकीङ र कर्जा तथा बचत कारोवारका लागि विजय लघुवित्तको आवश्यकताका विषयमा सहजीकरण गरेका थिए।

कार्यक्रममा बोल्दै मृतककी श्रीमती राधिका रोकाले संस्थाले दिएको राहतले आफूलाई ठूलो सहयोग मिलेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे