LISTEN LIVE RADIO

चौघेरा मन्दिरमा सन्ध्या कालिन शास्त्रीय संगीत तथा भजन कार्यक्रम हुँदै



चौघेरा मन्दिरमा सन्ध्या कालिन शास्त्रीय संगीत तथा भजन कार्यक्रम हुँदै

देउखुरी टुडेकर्मी, दाङ २५ असोज ।

दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १७ मा रहेको गोरक्ष रत्ननाथ मन्दिर चौघेरामा सन्ध्या कालिन शास्त्रीय संगीत तथा भजन कार्यक्रम हुने भएको छ ।

आउने कात्तिक ७ गतेका दिन प्रभात नाथ योगी (गुरुजी) को चित्रालय ब्यवस्थापनकालागि सहयोग जुटाउन सन्ध्या कालिन शास्त्रीय संगीत तथा भजन कार्यक्रम हुन लागेको हो ।

कायक्रमका संयोजक राजिब योगीका अनुसार कार्यक्रम साँझ ५ बजेदेखि सुरु हुने छ । टी मार्ट घोराही दाङको प्रयोजन तथा ॐ शान्ती गृह सेवा चौघेरा दाङको सह प्रायोजनमा कार्यक्रम हुन लागेको छ ।

सन्ध्या कालिन शास्त्रीय संगीत तथा भजन कार्यक्रम हेर्न कात्तिक ७ गते उपस्थित भइदिन संयोजक योगीले सबैमा अनुरोध गर्नुभएको छ । साथै केही जानकारीका लागि फोन नम्बर ९८६९९८४१३८ सम्पर्क समेत गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे