सिसहनियाँमा दीर्घ जीवन फिजियोथेरापी सेन्टर खुल्यो, गाउँपालिका अध्यक्ष विष्टद्वारा उद्घाटन



सिसहनियाँमा दीर्घ जीवन फिजियोथेरापी सेन्टर खुल्यो, गाउँपालिका अध्यक्ष विष्टद्वारा उद्घाटन

भालुवाङ २३ जेठ । दाङको राप्ती गाउँपालिका–८ नयाँ बजार सिसहनियाँमा दीर्घ जीवन फिजियोथेरापी सेन्टर एण्ड रिहयाविलिटेशन सेन्टर खुलेको छ । सेन्टरको उद्घाटन राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गरेका छन् ।सेन्टरका सञ्चालक डा. प्राचीन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले स्वास्थ्य क्षेत्रमा फिजियोथेरापी अति आवश्यक रहेको बताएका थिए । अध्यक्ष विष्टले हाडजोर्नी तथा मांसपेशीका समस्या भएका विरामीले अनिवार्य फिजियोथेरापी गराउनु पर्ने अध्यक्ष विष्टले बताए । त्यस्तै उनले गरिव तथा विपन्नलाई सके निशुल्क नसके केही प्रतिशत छुट गर्न सके केही राहत हुने बताए ।कार्यक्रममा सेन्टरका सञ्चालक डा. पौडेलले अब भालुवाङ र लमही पछि सिसहनियाँमा पनि अत्याधुनिक प्रविधिबाट प्यारालाइसिस, मुख बाङगो हुने, गर्धन, ढाँड, कम्मर तथा घुडाको हड्डी खिइएको तथा नशा च्यापिएको, घुँडा, काध, कुहिना लगायतका कुनै पनि जोर्नीको दुखाईको उपचार सेवा दिने बताएका छन् । त्यस्तै उनले हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने, काँध जाम हुने, माथि लैजान नमिल्ने, कुरकुच्चाको दुखाई, मांसपेसीको दुखाई, अप्रेसन वा प्लास्टर पछि जोर्नी जाम हुने÷चलाउन नमिल्ने समस्याको उपचार, खेलकुदको समस्यामा लाग्ने चोटको समस्याको उपचार, बाल अपागंता सम्बन्धी समस्याको उपचार, हाडजोर्नी तथा नशा सम्बन्धी सम्पुर्ण रोगको फिजियोथेरापी पद्धतीद्धारा उपचार सेवा दिने सञ्चालक डा. पौडेलले जानकारी दिएका छन् ।कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरी, प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वली, नेकपाका केन्द्रीय सदस्य यमलाल कटुवाल, राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउत, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकी, सत्यसाई मेडिकल हलका सञ्चालक तथा स्वास्थ्यकर्मी ईश्वरीप्रसाद अधिकारी, राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारी लगायतका वक्ताहरू बोलेका थिए । कार्यक्रमको सञ्चालन पत्रकार ओमप्रकाश गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे