LISTEN LIVE RADIO

दाङको गढवामा देखियो डर लाग्दो रोग, सहयोगका लागि सबैमा अपिल



गढवा २८ बैशाख । दाङ जिल्लाको गढवा गाउँपालिका वडा नम्बर २ कोठरी निवासी हल्लु नारायण चौधरी विगत सात महिनादेखि डर लाग्दो रोगको कारणले गर्दा उपचारत छन् । ५७ बर्षिय पिडित हल्लु नारायण चौधरी नेपालको काठमाडौं, बुटवल, नेपालगंज र भारतको केही ठाउँमा समेत औषधी उपचारका लागि जानु भयो तर नत रोग पत्ता लाग्यो नत सञ्चो नै भयो।
हल्लु नारायण चौधरी आफै घरमुली भएकोले आर्थिक समस्या परेको बताए। हल्लु नारायण चौधरीको एक छोरा र दुई छोरी श्रीमती रहेका छन्। दुई छोरीको बिहे भैसकेको छ भने छोराको पनि बिहे भैसकेको छ तर आयस्रोत भने केही नभएको पिडितका छोरा प्रदिप चौधरीले बताए। अचम्मको रोगले छोएपछी चौधरी परिवार यतिबेला बिक्षिप्त बनेको छ।
औषधी उपचारको लागि विभिन्न अस्पातलमा पुर्याउदा पनि केही सुधार नभएको र झन बढ्दै गएको परिवारिक स्रोतले बतायो।

विभिन्न ठाउँमा उपचार हेरचाह गरेरै भएको पैसा जती खर्च गरी सकियो आफन्तले पनि सक्दो सहयोग गरे । अब त न पैसा छ न उपचार गर्ने थप रकम नै । गरीब हुनु पनि पिडा नै रहेछ । मलिन अनुहारमा हल्लु नारायण चौधरीका छोरा प्रदिप चौधरीले भने।

विभिन्न ठाउँमा पुग्दा डाक्टरले दिएको आश्वासनको पोको थापेर मनभरी गाँठो पार्दै सबैबाट सहयोग पाउने आशामा रहेको बताए । समाजमा हरेक सुख दुखमा मेरा बुवा पनि हिंड्ने गर्थे आज आँफैलाई परेको बज्रपातबाट पीडित छु कस्लाई र को सँग सहयोग मागुँ । भन्दै सहयोगको याचना गरी रहेको छु चौधरीले भने ।

यद्दपी सहयोग गरिदिन सबैमा अपिल पनि गरेका छन् । सहयोगका लागि एनआईसि एसिया बैंक गढवा शाखाको प्रदिप चौधरी (PRADIP CHAUDHARY) (बिरामीका छोरा) नाममा खाता नम्बर – ३५२५७५२५०८१५४००१ रहेको छ । सम्पर्क नम्बर- ९८०९५३३१२२, ९८२२८८३०५३ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे