पछिल्लाे २४ घण्टामा नेपालमा थप २१११ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु, ३५३७ जना डिस्चार्ज



पछिल्लाे २४ घण्टामा नेपालमा थप २१११ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु, ३५३७ जना डिस्चार्ज

काठमाडौं २८ कार्तिक  । नेपालमा वितेको २४ घण्टामा २ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा सङ्क्रमितको सङ्ख्या २ लाख ६ हजार तीन सय ५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै वितेको २४ घण्टामा १३ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनको सङ्ख्या एक हजार दुई सय दुई पुगेको छ । त्यस्तै वितेको २४ घण्टामा ३ हजार पाँच सय ३७ जना कोरोना मुक्त भएका छन् । यससँगै डिस्चार्ज हुनेको सङ्ख्या १ लाख ६८ हजार एक सय २९ पुगेको छ । अब नेपालमा ३७ हजार २२ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे