LISTEN LIVE RADIO

कोरोना संक्रमणबाट कैलालीमा एक वडाध्यक्षको मृत्यु



कोरोना संक्रमणबाट कैलालीमा एक वडाध्यक्षको मृत्यु

धनगढी २१ कार्तिक ।  कोरोना संक्रमणका कारण कैलालीको गौरीगंगा नगरपालिकाका एक वडाध्यक्षको मृत्यु भएको छ। गौरीगंगा – ३ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नरेन्द्रबहादुर शाहको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

नेकपाका जिल्ला कमिटी सदस्य दीर्घ जोशीका अनुसार ६३ वर्षीय शाहको शुक्रबार बिहान ६ः२५ बजे मृत्यु भएको हो । शाह विगत १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना विषेश अस्पतालमा उपचार गराइरहेका थिए। शाह नेकपाको गौरीगंगा नगर कमिटीको सचिवालय सदस्य पनि थिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे