नेपालमा आज ३३०९ जनामा कोरोना पुष्टि, ३८४४ जना डिस्चार्ज, ३० जनाको मृत्यु



नेपालमा आज ३३०९ जनामा कोरोना पुष्टि, ३८४४ जना डिस्चार्ज, ३० जनाको मृत्यु

काठमाडौं १९ कार्तिक  । नेपालमा वितेको २४ घण्टामा ३ हजार ३ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार १ सय ४३ जनाको आरटिपिसिआर विधिबाट परिक्षण गर्दा ३ हजार ३ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ ।

यस्तै वितेको २४ घण्टामा ३ हजार ८ सय ४४ जना कोरोना मुक्त भएका छन् । यससँगै निको हुनेको कुल संख्या १ लाख ४४ हजार ८ सय ७८ पुगेको छ । अब नेपालमा संक्रिय कोरोना संक्रमितको कुल संख्या ९ हजार ३ सय ५६ रहेको छ । यस्तै वितेको २४ घण्टामा ३० जनाको मृत्यु भएको छ। यस सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३४ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे