LISTEN LIVE RADIO

अध्यक्ष विष्टद्वारा शंकर मावि पिपरीको अनुगमन, स्वस्थकर खाजा खान विद्यार्थीलाई सुझाव



अध्यक्ष विष्टद्वारा शंकर मावि पिपरीको अनुगमन, स्वस्थकर खाजा खान विद्यार्थीलाई सुझाव

सिसहनियाँ ७ असार । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले विद्यालयको स्थलगत अनुगमन गरेका छन् ।

मंगलबार राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको शंकर माध्यमिक विद्यालयको अनुगमन गर्न पुगेका अध्यक्ष विष्टले विद्यार्थीहरूलाई नमस्कार गर्दै विद्यार्थीहरूको पढाइ, बसाइँ र पाठ्यपुस्तक पाए नपाएको विषयमा जानकारी लिएका छन् ।

त्यस क्रममा अध्यक्ष विष्टले विद्यार्थीहरूलाई शरीरलाई बेफाइदा गर्ने चाउचाउ, विस्कुट, चाउमिन, कोका, फेन्टा, इस्प्राइट जस्ता खानेकुरा नखाना सुझाव दिएका छन् ।

यी खास्ताका ठाउँमा फलफूल, अण्डा, दूध, लगायत शरीरलाई फाइदा हुने किसिमका खानेकुराहरू खाना सुझाव दिएका छन् । यस्तै अध्यक्ष विष्टले विद्यार्थीहरूलाई दैनिकी कामको सेडुल बनाएर अध्ययन गर्न सुझाव दिएका थिए ।

अध्यक्ष विष्टले कक्षा शिशु देखि १० सम्मका विद्यार्थीहरूको वर्तमान अवस्था, शिक्षण सिकाई, सहभागी संख्या लगायतका विषयमा जानकारी लिएका थिए ।

अनुगमनमा शिक्षा, स्वास्थ्य युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विक, लेखा अधिकृत धनप्रसाद शर्मा , शंकर मावि पिपरीका प्रधानाध्यापक सुवर्णमान चाैधरी, देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता, दंगाली अनलाइन खवरका सञ्चालक भुवन पाैडेल लगायतको सहभागीता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे