LISTEN LIVE RADIO

कोरोना संक्रमणबाट दाङकाे भालुवाङका एक पुरूष सहित एकैदिन नेपालमा थप २५ जनाको मृत्यु



कोरोना संक्रमणबाट दाङकाे भालुवाङका एक पुरूष सहित एकैदिन नेपालमा थप २५ जनाको मृत्यु

देउखुरी टुडेकर्मी, भालुवाङ  १३ कात्तिक

कोरोना संक्रमणबाट दाङकाे भालुवाङका एक पुरूष सहित एकैदिन नेपालमा थप २५ जनाको मृत्यु  छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट काठमाडौंका ७, भक्तपुर , काभ्रे र मोरङका २/२ तथा झापा, सुनसरी, चितवन, दोलखा, सिराहा, सप्तरी, नवलपुर, कास्की, पर्वत, बाग्लुङ, दाङ र कैलालीका १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालयहरुले जनाएका छन् ।

  • दाङ, राप्ती गाउँपालिका-१, भालुवाङका ६५ पुरुषको बिहीबार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ ।

असन, काठमाडौंकी ४९ वर्षीया महिलाको बुधबार मृत्यु भएको छ । उच्च रक्तचाप, थाइराइड र मिर्गौलासम्बन्धी समस्या भएकी उनलाई २४ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो भने मुटुमा समस्या भएपछि २७ गते अस्पताल भर्ना भएकी थिइन् ।

  • घट्टेकुलो, काठमाडौंका ८६ वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ । २ कात्तिकमा अस्पताल भर्ना भएका उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • सीतापाइला, काठमाडौंका ८५ वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ । श्वासप्रश्वास र मुुटुको समस्या लिएर ६ कात्तिकमा अस्पताल भर्ना भएका उनलाई सोही दिन कोरोना पुष्टि भएको थियो ।
  • न्यूरोड, काठमाडौंका १०० वर्षीय पुरुषको बिहीबार मृत्यु भएको छ । उच्च रक्तचाप, मधुमेह, प्रोस्टेट र मिर्गौलासम्बन्धी समस्या भएका उनलाई ८ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो भने ९ गते अस्पताल भर्ना भएका थिए ।
  • रानीवन, काठमाडौंका ६५ वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ । उनी श्वासप्रश्वास र मुटुको समस्या लिएर २८ असोजमा अस्पताल भर्ना भएका थिए ।
  • चन्द्रगिरी, काठमाडौंका ६२ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको छ । श्वासप्रश्वास र मुटुको समस्या भएर बुधबार अस्पताल भर्ना भएका उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । उनी फोक्सोसम्बन्धी समस्याबाट पीडित थिए ।
  • लाजिम्पाट, काठमाडौंका ४५ वर्षीय पुरुषको बुधबार मृत्यु भभएको छ । निमोनिया र शक भएर २९ असोजमा अस्पताल भर्ना भएका उनलाई सोही दिन संक्रमण पुष्टि भएको थियो ।
  • भक्तपुरका ७४ वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ । मधुमेह, प्रोस्टेट र डिमेन्सियाका बिरामी समेत रहेका उनलाई २ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो भने निमोनिया भएर ८ गते अस्पताल भर्ना भएका थिए ।
  • भक्तपुरका ५६ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको छ । २ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी निमोनिया र शक भएर ४ गते अस्पताल भर्ना भएका थिए । उनमा मधुमेह र मिर्गौलासम्बन्धी समस्या समेत थियो ।
  • विराटनगर महानगरपालिका-७, मोरङकी ४५ वर्षीय महिलाको बुधबार राति न्यूरो अस्पतालमा मृत्यु भएको छ । ६ कात्तिकमा कोरोना पोजेटिभ देखिएका उनी ७ गते अस्पताल भर्ना भएकी थिइन् ।
  • विराटनगर-३, मोरङका ६५ वर्षीय पुरुषको बिहीबार दिउँसो न्यूरो अस्पतालमा मृत्यु भएको छ । २९ असोजमा कोरोना पोजेटिभ देखिएको उनी ३ कात्तिकमा अस्पताल भर्ना भएका थिए ।
  • धुलिखेल नगरपालिका, काभ्रेका ७० वर्षीया महिलाको बिहीबार धुलिखेल अस्पतालमा मृत्यु भएको छ । उनी कोरोना संक्रमण पुष्टि भएर एक साताअघि अस्पताल भर्ना भएकी थिइन् ।
  • धुलिखेल नगरपालिका, काभ्रेका ५५ वर्षीय पुरुषको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । उनी कोरोना संक्रमण पुष्टि भएर तीन दिनअघि अस्पताल भर्ना भएका थिए ।
  • कन्काइ नगरपालिका- ३, झापाका ६६ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा बिहीबार विहान मृत्यु भएको छ ।
  • धरान उपमहानगरपालिका-१२, सुनसरीकी ७५ वर्षीया महिलाको विराट नर्सिङहोममा मृत्यु भएको छ । उनी ५ कात्तिकमा अस्पताल भर्ना भएकी थिइन् भने ९ गते कोरोना पोजेटिभ देखिएको थियो ।
  • खैरहनी, चितवनका ७३ वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ । निमोनिया भएर २ कात्तिकमा अस्पताल भर्ना भएका उनलाई ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • दोलखाका ३० वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ । कलेजोको समस्या लिएर ४ कात्तिकमा अस्पताल भर्ना भएका उनलाई ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी मधुमेह, प्रोस्टेट र डिमेन्सियाका समेत बिरामी थिए ।
  • सुखीपुर नगरपालिका–८, सिराहाका ७० वर्षीय पुरूषको बिहीबार प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको छ । उनी ज्वरो र रुघाखोकी लागेर सास फेर्न कठिन भएपछि ३ कात्तिकमा अस्पताल भर्ना भएका थिए भने ४ गते संक्रमण पुष्टि भएको थियो ।
  • मौली- ५, सप्तरीका ६० वर्षीय पुरुषको बिहीबार सप्तरीको मृत्यु भएको छ । ११ कात्तिकमा अस्पताल भर्ना भएका उनलाई १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • गैंडाकोट–२, नवलपुरका ५४ वर्षीय पुरुषको मंगलबार चितवन मेडिकल कलेजमा मृत्यु भएको छ ।
  • पोखरा महानगरपालिका–१३, कास्कीकी ३६ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । ५ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएपछि उनी अस्पतालमा भर्ना भएकी थिइन् ।
  • कुश्मा नगरपालिका–६, पर्वतका ५५ वर्षीय पुरुषको चरक मेमोरियल अस्पताल, पोखरामा मृत्यु भएको छ । १२ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका उनमा कोभिड निमोनियाका साथै हाइपरटेन्स र रेस्पेरेटरी फेलियरको समस्या थियो ।
  • गलकोट-३, बाग्लुङका ७२ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा बिहीबार मृत्यु भएको छ । उनलाई ८ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • धनगढी उपमहानगरपालिका–२, कैलालीकी ५७ वर्षीया महिलाको बिहीबार सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । निमोनिया भएर १० कात्तिकमा अस्पताल भर्ना भएकी उनलाई १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे