LISTEN LIVE RADIO

नेपालमा थप ४३९२ कोरोना संक्रमित थपिए‌‌‍‍, ३५२२ जना डिस्चार्ज, २१ जनाको मृत्यु



नेपालमा थप ४३९२ कोरोना संक्रमित थपिए‌‌‍‍, ३५२२ जना डिस्चार्ज, २१ जनाको मृत्यु

काठमाडौं ३० असोज । नेपालमा वितेको २४ घण्टामा ४ हजार ३ सय ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १६ हजार पाँच सय ३१ जनाको नमुना परीक्षण गर्दा ४ हजार ३ सय ९२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या एक लाख २६ हजार एक सय ३७ पुगेको छ ।

यस्तै वितेको २४ घण्टामा तीन हजार पाँच सय २२ जना कोरोना मुक्त भएका छन् । यससँगै निको हुनेको सङ्ख्या ८८ हजार ४० पुगेको छ । अब नेपालमा ३७ हजार तीन सय ४२ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार आठ सय आठ जना क्वरेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै वितेका २४ घण्टामा २१ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए । यससँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या सात सय १५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे