LISTEN LIVE RADIO

दाङमा एकै दिन ४५ जना व्यक्तिमा कोरोना पुष्टि



दाङमा एकै दिन ४५ जना व्यक्तिमा कोरोना पुष्टि

दाङ २९ असोज । दाङमा एकै दिन ४५ जना व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा घोराही उपमहानगरपालिमा १६ जना, तुलसीपुरमा २२ जना, लमहीमा ४ जना, शान्तिनगरमा १ जना, दंगिशरणमा १ जना र गढवामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिएका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परिक्षणमा संक्रमित व्यक्तिहरुको उमेर समुह १६ देखि ७७ वर्षसम्म रहेको उनको भनाई रहेको छ । तुलसीपुरमा कर्मचारी सहित २२ जनामा कोरोना पुष्टि भएको तुलसीपुरका कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिएका छन् । जसमा ४ महिला र १८ जना पुरुष रहेका छन । यससंगै तुलसीपुरमा कोरोना संक्रमित संख्या ६ सय ६८ पुगेको छ । जसमध्ये २ सय २६ जना कोरोना मुक्त भएका छन ।

अब संक्रिय संक्रमितको संख्या तुलसीपुरमा मात्र १ सय ४२ जना रहेको कोरोना फोकल पर्सन केसीले जानकारी दिएका छन् । यसै गरी जिल्लामा हालसम्म कुल संक्रमतिको संख्या १ हजार ६ सय ४७ रहेको छ भने १ हजार १ सय ५४ जना उपचारपछि निको भई घर फर्किएको स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन चन्दले जानकारी दिएका छन् । वितेको २४ घण्टामा ४ जना डिस्चार्ज भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे