LISTEN LIVE RADIO

देशभर पछिल्लाे २४ घण्टामा थप ३७४९ जनामा काेराेना सङ्क्रमण, ३५६४ जना डिस्चार्ज, १९ जनाको मृत्यु



देशभर पछिल्लाे २४ घण्टामा थप ३७४९ जनामा काेराेना सङ्क्रमण, ३५६४ जना डिस्चार्ज, १९ जनाको मृत्यु

देउखुरी टुडेकर्मी, काठमाडौं २९ असोज  ।

नेपालमा वितेको २४ घण्टामा ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। १६ हजार ५ सय ९८ जनाको नमुना परीक्षण गर्दा ३ हजार ७ सय ४९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनासख्ंया मन्त्रालयले जनाएको छ । यससँगै नेपालदमा कोरोना संक्रमितको कुल संख्या एक लाख २१ हजार ७ सय ४५ पुगेको छ ।

त्यस्तै वितेको २४ घण्टामा तीन हजार पाँच सय ६४ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कोरोना मुक्त हुनेको कुल सख्ंया ८४ हजार ५ सय १८ पुगेको छ । अब नेपालमा ३६ हजार पाँच सय ३३ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् भने चार हजार आठ सय २५ जना क्वरेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै वितेको २४ घण्टामा १९ जनाको मृत्यु भएको छ । यससँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६ सय ९४ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे