LISTEN LIVE RADIO

पत्रकार महासंघका पूर्व अध्यक्ष पीडितद्वारा देउखुरीका संचार संस्थालाई स्वास्थ्य सामग्री प्रदान



पत्रकार महासंघका पूर्व अध्यक्ष पीडितद्वारा देउखुरीका संचार संस्थालाई स्वास्थ्य सामग्री प्रदान

देउखुरी टुडेकर्मी, लमही २६ असोज ।

नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष केएल पीडितले देउखुरी क्षेत्रका संचार माध्यमहरुलाई स्वास्थ सामग्री प्रदान गरेका छन् । आजको अभियानमा रेडियो हाइवे, रेडियो नयाँ युग, लमही न्यूज सेन्टर, संचारकर्मी निमबहादुर थापा, छबिलाल कोपिला, उदय आले, शिबु खनाल, दिवाकर पोख्रेल, प्रियास्मृति गजमेर र श्रावण बस्नेतलाई सेनिटाइजर र मास्क वितरण गरिएको थियो ।

कोरोना कहरका बीच अविचलित सूचना प्रवाह गरिरहेका संचारकर्मीहरुलाई सुरक्षित बनाउन र उनीहरुको मनोबल बढाउन पूर्व अध्यक्ष पीडितले भाद्र २५ देखि यो अभियान शुरु गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे