LISTEN LIVE RADIO

कोरोना संक्रमणको तेस्रो लहरसंग लड्न दाङको सोनापुर सिमेन्टमा अक्सिजन पलान्ट उद्योग स्थापना शुरु



कोरोना संक्रमणको तेस्रो लहरसंग लड्न दाङको सोनापुर सिमेन्टमा अक्सिजन पलान्ट उद्योग स्थापना शुरु

दाङ १४ साउन । जिल्ला अधिकारी कुरुम्वाङणको तेस्रो लहरसंग लड्नका लागि तयारी थालिएको छ । बिहिबार तुलसीपुर उपमहानगरपालिका १८ दुधरास स्थित रहेको सोनापुर सिमेन्ट परिसरमा अक्सिजन पलान्ट उद्योग उत्पादनका लागि तयारी गरिरहेको पलान्टको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले अवलोकन गरेका छन् ।

उनले दाङ, रुकुम, प्युठान, रोल्पा र सल्यानलाई समेत पुग्ने गरी अक्सिजन उत्पादनको तयारी भैरहेको बताएका छन् । ‘हाम्रो जिल्लालाई मात्र नभई अन्य पहाडी जिल्लालाई समेत पुग्ने गरेर अक्सिजनको तयारी गरिरहेका छौं, भोलिको दिनमा कोरोनाको तेस्रो लहर फैलिन सक्ने भन्दै विज्ञहरुले सचेत रहन भनिरहेको बेला हामीले जिल्लामा पूर्व तयारी थालेको उनले भने ।’ यसअघि कोरोना भाइरसको दोस्रो लहरका बेला जिल्लामा अक्सिजनको अभाव भएको थियो । अब कोरोनाको तेस्रो लहरमा जिल्लामा अक्सिजनको अभाव नहुने प्रमुख कुरुम्वाङले बताए ।

त्यस्तै अक्सिजन पलान्ट उद्योगबाट प्रति दिन ४५० सिलिन्डर अक्सिजन उत्पादन गर्ने सोनापुर सिमेन्ट उद्योगका महाप्रबन्धक हरि पाठकले जानकारी दिए । सिमेन्ट उद्योगले आफ्नै लगानीमा उक्त क्षमताको अक्सिजन पलान्ट उद्योग सञ्चालनमा ल्याउन लागेको हो । महाप्रबन्धक पाठकका अनुसार एक महिना भित्रमा अक्सिजन उत्पादन शुरु हुने छ ।

हाल जिल्लामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले २००, राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले ७५, दाङ अक्सिजन उद्योगले २०० गरि जम्मा ९२५ सिलिन्डर प्रती दिन उत्पादन गरिरहेका छन् । अब एक महिना पछि सिमेन्ट उद्योगले ४५० सिलिन्डर अक्सिजन उत्पादन गर्ने भएपछि जिल्लामा एक हजार तीन सय ७५ वटा प्रति दिन अक्सिजन सिलिन्डर उत्पादन हुने छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे