LISTEN LIVE RADIO

फेमिली प्याराडाईज स्कुलमा अभिभावक ओली दम्पतीद्धारा स्वास्थ्य सामाग्री प्रदान



फेमिली प्याराडाईज स्कुलमा अभिभावक ओली दम्पतीद्धारा स्वास्थ्य सामाग्री प्रदान

देउखुरी टुडेकर्मी, राजपुर २६ असोज । दाङ देउखुरीको राजपुर गाउँपालिका वडा नम्वर २ मटेरियाको स्थित फेमिली प्याराडाईज इङ्गलिस बोर्डिङ्ग स्कुललाई स्कुलकै एक अभिभावक तथा बुद्धिजीवि ओली दम्पतीले स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । गढवा गाउँपालिका वडा नम्बर ७ चन्दनपुर निवासी मान बहादुर ओली तथा हिरा ओलीले २०० थान मास्क र ३ बोत्तल सेनिटाईजर सहयोग गरेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड (१९) बाट सुरक्षित हुनको लागि सेनिटाईजर र मास्क प्रदान गरिएको हो ।

यसै बीच स्कुल परिवारलाई सहयोग प्रदान गर्नुहुने अभिभावक तथा बुद्धिजिवी ओली दम्पतीलाई बिध्यालय परिवारको तर्फबाट स्कुल प्रशासनले धन्यवाद ज्ञापन गरेको बिध्यालय प्रशासन प्रमुख टोपेन्द्र खनाललेबताएका छन् । सहयोगलाई सानो र ठुलो रुपमा तुलना गर्नु भन्दा पनि सहयोग एउटा नमुनात्मक कार्यको उदाहरण हुने र यस प्रकारका उदाहरणीय कार्यले समाजमा भएका नकारात्मक पक्षलाई सकारात्मक पक्षमा रुपान्तरण गर्न सहज हुने खनालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे