दाङको कोरोना बिशेष अस्पताल बेलझुण्डीमा पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमतिको मृत्यु



दाङको कोरोना बिशेष अस्पताल बेलझुण्डीमा पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमतिको मृत्यु

दाङ २८ वैशाख । दाङको कोरोना बिशेष अस्पताल बेलझुण्डीमा पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । सोमबार साँझ ८ः ४५ देखि मंगलबार दिउसो ३ः४५ सम्म ८ जनाको मृत्यु भएको अस्पतालका व्यबस्थापक दोर्ण ओलीले बताए ।

अस्पतालका व्यबस्थापक दोर्ण ओलीका अनुसार तुलसीपुर उपमहानगरपालिकाका ५, घोराही उपमहानगरपालिका, गढवा र दंगीशरण गाउँपालिकाका १/१ जनाको मृत्यु भएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ निवासी ५० बर्षीय महिलाको आज विहान पौने ७ बजेतिर मृत्यु भएको हो । त्यस्तै तुलसीपुर १२ निवासी निवासी २७ बर्सेया पुरुषको आज दिउसो साढे १२ बजे र तुलसीपुर ४ निवासी ७० बर्षीया महिलाको दिउसो २ बजे मृत्यु भएको हो । त्यस्तै तुलसीपुर १९ निवासी ५२ बर्षीय पुरुषको सोमबार राति पौने ९ बजे र तुलसीपुर ६ निवासी ७६ बर्षीय पुरुषको राति १० बजेतिर निधन भएको हो ।

यस्तै घोराही उपमहानगरपालिका वडा नं. १३ निवासी ४४ बर्षीय पुरुषको आज दिउसो साढे १२ बजे, गढवा गाउँपालिका वडा नं. ४ निवासी २५ बर्षीय पुरुषको बिहान साढे ८ बजे, दंगीशरण गाउँपालिका वडा नं. ३ निवासी ३१ बर्षीय पुरुषको दिउसो साढे १२ बजेतिर मृत्यु भएको हो । मृत्यु हुनेमा दुई महिला र ६ पुरुष रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे