लुम्बिनी प्रदेशमा ३८ पत्रकारमा कोरोना संक्रमण पुष्टि



लुम्बिनी प्रदेशमा ३८ पत्रकारमा कोरोना संक्रमण पुष्टि

बुटवल २७ बैशाख । पत्रकार महासंघ लुम्बिनीका अनुसार प्रदेशका विभिन्न जिल्लाका ३८ जना पत्रकार कोरोना संक्रमित भएका हुन्।
सबैभन्दा बढी रुपन्देहीमा १४ जना पत्रकार संक्रमित भएका छन्।

त्यस्तै बांकेका १२ जना, दाङका ४ जना, बर्दियाका ४ जना, पाल्पाका २ जना तथा कपिलवस्तु र नवलपरासीका १/१ जना पत्रकार संक्रमित भएका छन्। संक्रमितमध्ये रुपन्देहीका २ जना र दाङका एक जना पत्रकारको अस्पतालमै भर्ना गरेर उपचार भैरहेको छ। अरु पत्रकार भने हालसम्म होम आइसोलेसनमै छन्।

कोरोना संक्रमणको दर बढिरहँदा पत्रकार महासंघका जिल्ला शाखाहरुमा आइसोलेसन स्थापना भइरहेका छन्। हालसम्म लुम्बिनी प्रदेशका कपिलवस्तु, दाङ, रोल्पा, अर्घाखांची, गुल्मी र पाल्पा जिल्ला शाखामा अक्सिजन सहितको आइसोलेसन निर्माण भएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे