LISTEN LIVE RADIO

संसद्काे विशेष अधिवेशनका लागि २२ र २३ गते सांसदकाे काेराेना परीक्षण गरिने



संसद्काे विशेष अधिवेशनका लागि २२ र २३ गते सांसदकाे काेराेना परीक्षण गरिने

काठमाण्डाै २१ बैशाख । आउँदो २७ गतेका लागि बोलाइएको संसद्काे विशेष अधिवेशनका लागि (बुधवार) भोलि र (बिहीवार) पर्सी  सांसदहरूको कोरोना परीक्षण गरिने भएको छ । संसद् भवन नयाँ बानेश्वरमा बिहान १० देखि बेलुका ५ बजेसम्म स्वाब सङ्कलन गरिने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको विशेष अधिवेशनअघि सांसद, सचिवालयका कर्मचारी र मर्यादापालक लगायतको स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्न लागिएको  हो । वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन विशेष अधिवेशन बोलाइएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे