LISTEN LIVE RADIO

लमही महोत्सवमा आज कुलेन्द्र विश्वकर्मा र भोली एलिना चाैहान लगायतका कलाकारहरू आउने



लमही महोत्सवमा आज कुलेन्द्र विश्वकर्मा र भोली एलिना चाैहान लगायतका कलाकारहरू आउने

लमही १० माघ । दाङको लमही नगरपालिका वडा नम्बर ५ लमहीमा जारी दोस्रो कृषि, पर्यटन, उद्योग तथा व्यापारीक महोत्सवमा बुधबार चर्चित कुलेन्द्र विश्वकर्मा लगायतका कलाकारहरूको प्रस्तुति रहने भएको छ ।

लमही चेम्बर अफ कमर्सको आयोजनामा लमही स्थित अजम्बरी सामुदायिक वनको जैविक विविधता ग्रिन पार्कमा सञ्चालित महोत्सवमा आज विश्वकर्मा सँगै गायिका रिता केसी, राजेश बर्देवाको पनि प्रस्तुति रहने कलाकार संयोजक शिवु खनालले जानकारी दिएका छन् । त्यसैगरी गायिका प्रभा राई, मोडेलहरू बविता बोहोरा, टिका जैशी, सुस्मिता कोइरालाको नृत्य सँगै पिडिएच डान्स स्टुडियो, सगरमाथा डान्स ग्रुप र स्थानीय कलाकारहरूले पनि आ-आफ्नो प्रस्तुति रहने र महोत्सवमा दिपक खड्का, अनुप बुढा मगर, दिपक बर्माले कार्यक्रम उद्घोषण गर्ने भएका छन् । त्यस्तै भोली माघ ११ गते बिहीबार चर्चित गायिका एलिना चौहान आउने भएकी छन् । महोत्सवको सातौ दिन प्रमुख आकर्षणको रुपमा चर्तित गायिक ऐलीना चौहान सँगै मोडेल बिजय पुन, अस्मिता रनपालको प्रस्तुती रहने कलाकार संयोजक शिवु खनालले जानकारी दिएका छन् ।

जैविक विविधता ग्रिनपार्कलाई संरक्षण गर्ने तथा वनलाई पर्या पर्यटन प्रवद्र्धनका लागि विशेष सहयोग गर्ने मुख्य उदेश्यले लमही चेम्बर अफ कमर्सको आयोजनामा यही माघ ५ गते देखि २० गते सम्म लमहीको जैविक विविधता ग्रिन पार्कको छेउमा महोत्सव सञ्चालन गरिएको छ ।

महोत्सवमा विभिन्न १ सय ८० बढी स्टलहरु राखिएको छ भने देउखुरी क्षेत्रका विभिन्न कृषि उत्पादनका सामाग्री, घरेलु उद्योगबाट उत्पादित समाग्रीहरु, चर्खे पिङ, झुला, बाल उद्यान, लगायतका मनोरन्जनात्मक बस्तु राखिएको छ । महोत्सवमा स्थानीय उत्पादन प्रदर्शनी, बाल उद्यान, देउखुरीका हस्तकलाका सामाग्री बिक्री, महिला उद्यमीले तयार गरेका अचार लगायतका सामाग्रीमा जोड दिइएको छ । महोत्सव अवधीधर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

महोत्सव अवधिभर करिब ३ लाख दर्शकले अवलोकन गर्ने र ४० लाख बराबरको कारोवार गर्ने लक्ष्य राखेको चेम्बरका महासचिव केशव अधिकारीले जानकारी दिएका छन् । महोत्सवमा कृषि तथा स्वास्थ्यका स्टललाई निशुल्क गरिएको छ भने जेष्ठ नागरिक, अपाङ्गता भएका नागरिक तथा असाहयहरूलाई परिचय–पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । त्यस्तै विद्यार्थीको हकमा परिचय–पत्रका आधारमा ८० रूपैयाँ र सर्वसाधारणका लागि लागि १ सय रूपैयाँ टिकट कायम चेम्बरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे