LISTEN LIVE RADIO

शान्तिश्री परियारको अरेली कांडैले बोलको गीतमा लालमटिया महोत्सव तातियो



शान्तिश्री परियारको अरेली कांडैले बोलको गीतमा लालमटिया महोत्सव तातियो

भालुवाङ ७ माघ । गायिका शान्ति श्रीपरियारको अरेली कांडैले बोलको गीतमा आइतबार लालमटिया महोत्सव तातियो । परियारले गीत गाएर भ्याए पनि दर्शकले डबल गाउन लगाएपछि महोत्सव झनै तातिएको हो ।

“कृषि उद्योग, व्यापार तथा पर्यटनको शान, राप्ती कृषि पर्यटन महोत्सव २०८० को अभियान” भन्ने मुल नाराका साथ राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा दाङ-देउखुरीकाे राप्ती गाउँपालिका २ लालमटिया टुडिखेलमा जारी छैंठौ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महाेत्सवकाे आइतबार एघारौं दिन उल्लेखनीय दर्शकको भिडभाडमा गलबन्दी च्यातियो, खोली तारिदेयो न माझी दाई, लाहुर जाने रेलमा, रुकुमकोट लगायतका गीतबाट दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन दिएकी थिइन् ।

त्यस्तै महोत्सव सञ्चालिका विन्दु थापाले् पनि बीच बीचमा आफ्ना सांगेतीक प्रस्तुती मार्फत दर्शकहरुलाई मनोरञ्जन दिएका थिए । त्यस्तै स्थानीय कलाकारहरुले पनि आ–आफ्नो प्रस्तुती मार्फत दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन दिएका थिए ।

यसै गरी महोत्सवमा माघ ८ गते सोमबार नायक पल शाह, मोडेल सगुन थापा, गायिका लालुमाया कुवर र कार्यक्रम सञ्चालिका विन्दु थापा लगायतका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । भोलि अन्तिम दिन भनेपनि समापन कार्यक्रम गर्न नभ्याउने भएपछि महोत्सव १ दिनलाई थप गरिएको राप्ती उद्योग वाणसंघका अध्यक्ष तथा महोत्सव संयोजक सुरज खड्काले जानकारी दिएका छन् । महोत्सव अवधिभर करिब ४ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने र ७ करोड बराबरको कारोवार हुने अनुमान रहेको महोत्सव संयोजक सुरज खड्काले जानकारी दिएका छन् । स्थानीय उत्पादित वस्तुहरुको बजारीकरण गर्नुको साथै उत्पादनमा बृद्धि गरी आर्थिक पक्ष सवल गराउने महोत्सवको उदेश्य रहेको छ ।

संघको भवन निर्माण तथा विपत व्यवस्थापन कोष बनाउने मुख्य लक्ष्य सहित महोत्सव सञ्चालन गर्न लागेको संयोजक खड्काले बताए । महोत्सवले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकका भित्र रहेका अपार सम्भावना रहेका र अवसरको खोजी रहेका पर्यटकीय क्षेत्रको विकास र प्रवद्धना थप टेवा पुग्ने आयोजकको दावी रहेको छ । महोत्सवमा यस क्षेत्रको पर्यटन तथा कृषि समेतको विकास र विस्तार गर्नका लागि स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला प्रर्दशनी, चर्के पिङ, बाल उद्यान रहेका छन् । महोत्सव अवधीभर सर्वसाधारणका लागि प्रवेश शुल्क प्रति व्यक्ति ९० रुपैया, विद्यार्थीका लागि परिचय—पत्रका आधारमा ७० रुपैयाँ र जेष्ठ नागरिक तथा अपाङगतालाई परिचय—पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । महोत्सव अवधीभर न्यु डान्स क्रेशनको साथै ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको प्रस्तुती रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे