कला र संस्कृतिलाई संरक्षण गर्न सके मात्र राष्ट्रको सम्मान हुन्छ : नगर प्रमुख खड्का



कला र संस्कृतिलाई संरक्षण गर्न सके मात्र राष्ट्रको सम्मान हुन्छ : नगर प्रमुख खड्का

दाङ १७ असोज । तुलसीपुर उप—महानगरपालिका मेयर टिकाराम खड्काले हाम्रो नेपाली कला र संस्कृतिलाई सम्मान गर्न सके मात्र राष्ट्रप्रति सच्चा सम्मान हुने बताएका छन् । राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति दाङको मंगलबार दाङको तुलसीपुरमा भएको साधारणसभा तथा तेस्रो अधिवेशन उद्धाटन समारोहलाई सम्बोधन उनले यस्तो बताएका हुन् ।

मेयर खड्काले नेपालको कला र संस्कृति विश्वको लागि ठुलो गहना भएको बताउँदै उनले कला र संस्कृति राष्ट्रको गहना, पहिचान मात्र नभई देशको ठुलो सम्पत्ति भएकोले संरक्षण गर्नुपर्ने बताए । कार्यक्रमको प्रमुख अतिथी समेत रहेका मेयर खड्काले कला, संस्कृति नै हरेक देशको पहिचान भएकोले कला, संस्कृतिको संरक्षण नै राष्ट्रको संरक्षण भएको ठोकुवा गरे ।

उनले पछिल्लो समय नेपाली मौलिक कला, संस्कृति, पहिचान, रितीरिवाज र परम्परा लोप हुन थालेकोमा चिन्ता व्यक्त गरे । मेयर खड्काले नयाँ पुस्ता आयतित संस्कृति तर्फ आकर्षित बन्दै जाँदा नेपाली कला, संस्कृति ओझेलमा पर्ने त होइनन् भन्दै चिन्ता व्यक्त गरे । उनले नेपालमा विबिध जातिहरुको फरक—फरक संस्कृति र कलालाई एक अर्कालाई सम्मान गर्ने संस्कार नै नेपाली पहिचान भएको बताए ।

राष्ट्रिय संगीतकर्मी संघ दाङका संयोजक दिपक वलीको अध्यक्षतामा भएको कार्यक्रमका बिशिष्ट अतिथीको आसनबाट बोल्दै राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय उपाध्यक्ष तथा का.वा. अध्यक्ष प्रकाश कटुवालले राष्ट्रिय संगीतकर्मी हजारौं संगीतक्रर्मीहरुको साझा संस्था भएको बताए ।

उनले राष्ट्रिय संगीतकर्मी संघ कुनै पार्टी बिशेषको भातृ संगठन नभई सम्पूर्ण नेपाली संगीतलाई माया गर्ने विभिन्न जातजाति, धर्म. बर्ग र समुदायको साझा संस्था रहेको बताए । उनले राष्ट्रिय संगीतकर्मी संघ कुनै एउटा विधामा आवद्ध व्यक्तिहरुलाई मात्र नभई विभिन्न विधाका व्यक्तिहरुलाई समेटने समेत बताए ।

संघकी महिला उपाध्यक्ष तथा कलाकार उषा दशौदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संघका सचिव तथा कलाकार दिपक वर्माले गरेका थिए ।

दिपक वलीको अध्यक्षतामा देउखुरीबाट तीन उपाध्यक्ष सहित २९ सदस्यीय नयाँ कार्यसमिती निबिरोध निर्वाचित, देउखुरी टुडेकर्मी गुप्ता सहित तीन जना सल्लाहकारमा चयन

 

राष्ट्रिय संगीतकर्मी संघ दाङको तेस्रो अधिवेशन दिपक वलीको अध्यक्षतामा देउखुरी क्षेत्रबाट तीन उपाध्यक्ष सहित २९ सदस्यीय नयाँ कार्यसमिती निबिरोध निर्वाचित गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा एचआर मगर, प्रथम उपाध्यक्षमा उषा दशौदी, उपाध्यक्षमा कमल खड्का, दिपक बर्मा, हरिकला बुढा, श्रीधर कडेल, सचीवमा भिमबहादुर ओली, सह—सचिवमा ईश्वर बिसी, प्रबक्तामा रमेश वली, कोषाध्यक्षमा टंक खड्का, सह—कोषाध्यक्षमा बिरबहादुर बिक रहेका छन् ।

जस अन्तर्गत देउखुरी क्षेत्रबाट उपाध्यक्षमा उषा दशौदी, दिपक बर्मा, श्रीधर कडेल निर्वाचित भएका छन् । दसौदी देउखुरीको लमहीलाई कर्मथलो बनाएर निरन्तर कलाकारिता पेसामा क्रियाशिल रहेकी छिन् । त्यस्तै आर्का उपाध्यक्ष दिपक बर्मा पछिल्लो नयाँ युवा पुस्ताहरुको आकर्षणका केन्द्रबिन्दुका रुपमा मानिन्छन् । उनी देउखुरीको गढवालाई कर्मथलो बनाएर बिगत १२ बर्ष देखि निरन्तर कलाकारितामा सक्रिय रहेका छन् । बर्मा मोडलिङ्ग संगसंगै मेलामहोत्सवका लागि कुशल कार्यक्रम सञ्चालकका रुपमा समेत प्रचित मानिन्छन् ।

त्यस्तै देउखुरी क्षेत्रबाट उपाध्यक्षमा निर्वाचित श्रीधर कडेल पनि देउखुरी क्षेत्रमा कलाकारिताको सानका रुपमा आफूलाई स्थापित गराउन सफल भएका छन् । दाङ तथा देउखुरीको पूर्वी क्षेत्र प्रदेशको राजधानीस्थल समेत रहेको पाखापानीलाई आफ्नो कर्मथलो बनाउँदै बिगत ८ बर्ष देखि निरन्तर कलाकारिता क्षेत्रमा सक्रिय रहेका छन् । उनी चर्चित लोकदोहोरी गायक तथा मोडिलिङ्गका रुपमा परिचित रहेका छन् । दाङ सहित छिमेकी जिल्लाहरुमा हुने मेला महोत्सवहरुमा उनको बलियो उपस्थिती रहने गर्दछ । उनी कलाकारिता संगै पछिल्लो समय टेलिभिजन तथा अनलाइन मिडियाहरुमा आवद्ध रहेर पत्रकारिता क्षेत्रमा समेत सक्रिय रहेका छन् ।

त्यसैगरी नवनिर्वाचित कार्य समितीको सदस्यहरुमा करन वली, दामोदर केसी, रमेश जैशी, हर्कबहादुर बिक, बेलमति बिक, पुजा बिक, प्राबती बिक, बसन्तबाबु वली, आशा बुढामगर, बिमला थापामगर, लोकबहादुर बिक, हरिप्रसाद पाण्डे, अस्मिता केसी, जानकी बिक, वसन्त रानामगर र गुमानसिंह केसीलाई निबिरोध चयन गरेको छ ।

त्यसैगरी संघको सल्लाहकारहरुमा देउखुरीको भालुवाङबाट बिगत १८ बर्ष देखि निरन्तर पत्रकारितामा क्रियाशिल पत्रकार सन्तोषकुमार गुप्ता, शंकरमान बिष्ट र राजकुमार वली रहेका छन् । नवनिर्वाचित कार्य समितीको पहिलो बैठक लुम्बिनी प्रदेशको राजधानीस्थल दाङ—देउखुरीको भालुवाङमा बस्ने नबनिर्बाचित अध्यक्ष वलीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे