ज्योतिष्मती विद्यापिठबाट एसर्ईईमा ८०.८५ प्रतिशत विद्यार्थी उत्तीर्ण, ३ जनाले ल्याए ए प्लस



ज्योतिष्मती विद्यापिठबाट एसर्ईईमा ८०.८५ प्रतिशत विद्यार्थी उत्तीर्ण, ३ जनाले ल्याए ए प्लस

भालुवाङ २९ वैशाख । दाङको लमहीमा रहेको ज्योतिष्मती विद्यापीठबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ८०.८५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजा अनुसार विद्यालयबाट परीक्षामा सहभागी ४७ जना विद्यार्थीमध्ये ३८ जना विद्यार्थी ग्रेडेट हुन सफल भएको विद्यालयका प्रधानाध्यापक ईश्वरी पौडेलले जानकारी दिएका छन् । प्रधानाध्यापक पौडेलका अनुसार उत्तीर्ण विद्यार्थीमध्ये ३ जनाले ए प्लस, १२ जनाले ए, १९ जनाले बि प्लस र ४ जनाले बी ल्याएका छन् । विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय परिवारप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक उपलब्धिका लागि प्रतिबद्ध रहने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे