लमही अस्पतालमा नयाँ डाक्टर आचार्य आए, राेकिएकाे पोष्टमार्टम पुन सुरु हुने



लमही १७ माघ । लमही अस्पतालमा नयाँ डाक्टर आउनुभएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले मेडिकल अधिकृत छात्रबृत्ति करारमा एमविविएस डाक्टर दीपक आचार्यलाई काजमा पठाएको हो ।

स्वास्थ्य मन्त्रालयमा कार्यरत आचार्यलाई लमही अस्पतालको डाक्टरको रुपमा कार्यरत हुन पठाएको र डाक्टर मंगलबारबाट अस्पतालमा खट्ने लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले जानकारी दिएका छन् । गैरसरकारी संस्था भन्दा बाहिरबाट डाक्टर कार्यरत नहुँदा पोष्टमार्टम लगायतको सेवा दिन सकिएको थिएन । नयाँ आएका डाक्टर आचार्यलाई सोमबार कार्यपालिका बैठकमा स्वागत गरिएको छ । मन्त्रालयबाट नयाँ डाक्टरको व्यवस्थापन नभए करारमा भएपनि डाक्टर नियुक्तिको तयारी थियो ।

अब डाक्टर नियुक्त भएसँगै अस्पतालको प्रशासनिक लगायत उपचार र पोष्टमार्टको कामले गति लिने आशा गरिएको छ । निकसाइमन संस्थाबाट दुईजना डाक्टर यस अघिनै कार्यरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे