गढवा गाउँपालिकाका अध्यक्ष शर्मालाई डेंगु संक्रमण



गढवा गाउँपालिकाका अध्यक्ष शर्मालाई डेंगु संक्रमण

गढवा ३१ भदाै । गढवा गाउँपालिकाका अध्यक्ष यमनरायण शर्मा पोख्रेललाई डेंगु संक्रमण भएको छ।

बुधबार पालिका अध्यक्ष शर्मालाई उच्च ज्वरो आएको थियो। औषधी खादा समेत ज्वरो कम नभए पछि चेकजाँच गर्दा डेंगु संक्रमण पुष्टि भएको गढवा गाउँपालिकाले जनाएको छ । ‘ज्वरो आएको छ, उनी आराम गरिरहेका छन्, शुक्रबार भने ज्वरो केही कम भएको स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले बताए।

रगत परीक्षण गर्दा सामान्य देखिएको छ, ज्वरो आउने र टाउको दुख्ने समस्यापछि पालिका अध्यक्ष शर्मालाई उनको घरमै उपचार भइरहेको र अवस्था सामान्य रहेको गढवा स्वास्थ्य चौकीका मेडिकल अफिसर केदार अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे